धवलागिरि हिमाल आरोहणका लागि आउन थाले आरोहीहरू « Khabarhub

धवलागिरि हिमाल आरोहणका लागि आउन थाले आरोहीहरू


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

म्याग्दी- धवलागिरि हिमाल आरोहणका लागि आरोही  पर्यटकहरु आउन थालेका छन् ।

म्याग्दी स्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका ४ मा पर्छ ।

विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रदर्शक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ। वसन्तकालीन याममा हिमाल चढ्ने अनुमति लिएका १० जना आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुगेका आधार शिविरका होटल व्यवसायी हरिप्रसाद तिलिजाले बताए ।

वसन्त ऋतु (चैत्र- वैशाख )मा आरोहण गर्ने पहिलो टोली आधार शिविर आइपुगेका छन् ।  उनले भने कोरोना सक्रंमणको दर घटेको र कोरोना विरुद्धको खोपको पहुँच बढेकाले अब पर्यटकीय गतिविधि बढ्ने अपेक्षा छ ।

इमेजिङ नेपाल ट्रेकमार्फत आएका आरोही ताकमबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण टोलीको व्यवस्थापनमा खटिएका  इन्द्रसिंह शेरचनले बताए ।

दश जनाको टोली हेलिकोप्टरबाट धौलागिरि आधार शिविर पुगेका छन्”, उनले भने अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका पर्वतारोही काठमाडौँबाट आउने तयारीमा छन् ।

अमेरिका, जापान, चीन, क्यानडा, नर्वे लगायत देशका पर्वतारोही धवलागिरि आरोहणका लागि आएका हुन् । गत शरद ऋतुमा ४० जनाले धौलागिरि आरोहणका लागि पर्यटन विभागबाट अनुमति लिएका थिए ।

सन १९६० मे महिनाको १३ तारिखमा अस्ट्रेलियन नागरिक कुर्ड डिम्बकरले पहिलो पटक धौलागिरि हिमालको आरोहण गरेका थिए ।  

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ७ : ५० बजे

एन्फाका पूर्वाध्यक्ष कर्माछिरिङ शेर्पा पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ एन्फाका पूर्वाध्यक्ष कर्र्माछिरिङ शेर्पा

रास्वपाको पहिलो महाधिवेशनले उब्जाएका १० प्रश्न

काठमाडौं । छ दिनसम्म लगाएर राष्ट्रिय स्वतन्त्र पार्टीले पहिलो महाधिवेशन

युरोपमा किन बढ्यो गर्मी, अस्तव्यस्त जनजीवन

काठमाडौँ । युरोपमा दिनप्रतिदिन भीषण गर्मीले रेकर्ड तोडिरहेको छ। अत्यधिक

महाधिवेशनसँगै नयाँ र पुरानोको द्वन्द्व सकियो, गुट र उपगुट पनि अन्त्य भयो : रवि लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नवनिर्वाचित सभापति रवि लामिछानेले

अदालतका समाचार तथ्यपरक र सन्तुलित हुनुपर्छ: प्रधानन्यायाधीश शर्मा

काठमाडौँ । सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले न्यायिक विषयवस्तुसम्बन्धी