तस्वीर- एएनआई

अन्तर्राष्ट्रिय

उत्तरी चीनमा ग्यासको अभाव

By खबरहब

March 17, 2022

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यबृद्धि र कठोर जाडोका कारण उत्तरी चीनका केही क्षेत्रमा ग्यासको अभाव सिर्जना भएको छ । वाईआईसीएआई ग्लोबलका मा चेनचेनले जनाएअनुसार उत्तरपश्चिमी साङ्शी प्रान्तको वेइनान शहर यसबाट बढी प्रभावित भएको छ ।

शहरका वासिन्दालाई स्थानीय ग्यास आपूर्ति गर्ने कम्पनीले क्षमापत्र लेख्दै केही सेवाग्राहीलाई चाहिए जति उपलब्ध गराउन नसकेको जनाएको छ । यसका साथै राजधानी बेइजिङसँग सीमा जोडिएको हेबेई प्रान्त गत महिनाको मध्यदेखि ग्यासको आपूर्तिमा समस्या आइरहेको जनाइएको छ ।

शाङ्घाई पेट्रोलियम एवम् ग्यास एक्सचेन्जका अनुसार पछिल्ला केही महिनायता त्यस क्षेत्रमा ग्यासको मूल्यमा ७५ प्रतिशतसम्म वृद्धि भएर ८ हजार ३ सय ८३ युआन प्रति टनसम्म पुगेको छ ।

चीनले आफ्नो मागको ४० प्रतिशतसम्म प्राकृतिक ग्यास विदेशबाट आयात गर्दै आएको छ । जसका कारण चीनले मूल्य र मागको सन्तुलन मिलाउन समस्या परिरहेको जनाइएको छ ।

(सेन्ट्रल एसिया टाइम्सबाट)