उत्तरी चीनमा ग्यासको अभाव « Khabarhub

उत्तरी चीनमा ग्यासको अभाव


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यबृद्धि र कठोर जाडोका कारण उत्तरी चीनका केही क्षेत्रमा ग्यासको अभाव सिर्जना भएको छ । वाईआईसीएआई ग्लोबलका मा चेनचेनले जनाएअनुसार उत्तरपश्चिमी साङ्शी प्रान्तको वेइनान शहर यसबाट बढी प्रभावित भएको छ ।

शहरका वासिन्दालाई स्थानीय ग्यास आपूर्ति गर्ने कम्पनीले क्षमापत्र लेख्दै केही सेवाग्राहीलाई चाहिए जति उपलब्ध गराउन नसकेको जनाएको छ । यसका साथै राजधानी बेइजिङसँग सीमा जोडिएको हेबेई प्रान्त गत महिनाको मध्यदेखि ग्यासको आपूर्तिमा समस्या आइरहेको जनाइएको छ ।

शाङ्घाई पेट्रोलियम एवम् ग्यास एक्सचेन्जका अनुसार पछिल्ला केही महिनायता त्यस क्षेत्रमा ग्यासको मूल्यमा ७५ प्रतिशतसम्म वृद्धि भएर ८ हजार ३ सय ८३ युआन प्रति टनसम्म पुगेको छ ।

चीनले आफ्नो मागको ४० प्रतिशतसम्म प्राकृतिक ग्यास विदेशबाट आयात गर्दै आएको छ । जसका कारण चीनले मूल्य र मागको सन्तुलन मिलाउन समस्या परिरहेको जनाइएको छ ।

(सेन्ट्रल एसिया टाइम्सबाट)

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ७ : ०९ बजे

चितवन कारागारमा ६९ जना दीर्घ तथा जटिल रोगी

नारायणगढ – भरतपुरस्थित कारागार कार्यालय चितवनमा रहेका ७६१ बन्दीमध्ये ६९ जना

शिक्षामन्त्री पोखरेलसँग रसियाका राजदूतको शिष्टाचार भेट

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग नेपालका लागि रसियाका राजदूत

प्रतिनिधिसभा : सामाजिक सुरक्षासम्बन्धी विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत

काठमाडौं– प्रतिनिधिसभाको बैठकले ‘महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र

बाढीपहिरो प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत र सडक सञ्चालन गर्न सांसदको माग

काठमाडौं– असोजः सांसदहरूले लगातारको वर्षाका कारण विभिन्न जिल्लामा भएको बाढीपहिरोबाट प्रभावितको

बीपी राजमार्ग खोल्न अवरोध हटाउने कार्य जारी

काठमाडौं– पहिरो र बाढीका कटानका कारण अवरुद्ध बीपी राजमार्गलाई खुलाउनका