नेकपा एसले ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ अभियान चलाउने « Khabarhub

नेकपा एसले ‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ अभियान चलाउने


३ चैत्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एकीकृत समाजवादीले स्थानीय तहको चुनावको तयारीस्वरूप जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ ।

पार्टीको बिहीबार बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।

‘जनतामा जाऔँ, एकीकृत समाजवादीलाई जिताऔँ’ नाराका साथ एकीकृत समाजवादीले जनपरिचालन अभियान गर्ने जनाएको छ ।

बैठकले प्रदेशको कामको अनुगमन मूल्यांकन र वस्तुस्थितिको अध्ययन गर्न सबै प्रदेशमा एक–एक जना सचिवालय सदस्यलाई जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।

यसरी जिम्मेवारी पाउने नेताहरूमा उपाध्यक्ष प्रमेश हमाल (प्रदेश १), उपमहासचिव जगन्नाथ खतिवडा (मधेश), उपमहासचिव गङ्गलाल तुलाधर (बागमती), उपाध्यक्ष जयन्ती राई (गण्डकी), उपमहासचिव विजय पौडेल (लुम्बिनी), महासचिव बेदुराम भुषाल (कर्णाली) र सचिवालय सदस्य रामचन्द्र झा (सुदूरपश्चिम) छन् ।

प्रकाशित मिति : ३ चैत्र २०७८, बिहीबार  ८ : ५८ बजे

बलात्कारीलाई फाँसीको माग गर्दै प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की ३ वर्षीया बालिका गरिमा चौधरीको

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

चितवन – खैरहनीमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई

विपक्षी खेलाडीको टाउकोमा झापड हानेपछि लियोनल मेसीलाई जरिवाना

काठमाडौं- विपक्षी खेलाडीलाई झापड हानेपछि मेजर लिग सकरमा इन्टर मियामीका

जनकपुरका पोखरी अतिक्रमण हटाउन डोजर, घरटहरा हटाउने अभियान सुरु

जनकपुरधाम- जनकपुरधामका पोखरी तथा गुठीको जग्गा अतिक्रमण गरी बनाइएका घर

गुल्मीमा पर्यटकीय गन्तव्यको नयाँ आकर्षण धुर्कोटको ‘ग्रेटवाल’

गुल्मी– गुल्मीको धुर्कोट गाउँपालिकाले ऐतिहासिक धुर्कोटकोट र बुढीकोटलाई जोड्ने गरी