प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखसम्म उजुरी दर्ता गर्न सकिने « Khabarhub

प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान, १२ वैशाखसम्म उजुरी दर्ता गर्न सकिने


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संसदीय सुनुवाइ विशेष समितिले विभिन्न मुलुकका लागि प्रस्तावित २० राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

गत शुक्रबार बसेको संसदीय सुनुवाइ विशेष समितिको निर्णय अनुसार आइतबार सार्वजनिक सूचना जारी गरेर संसदीय सुनुवाइका लागि प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरिएको हो ।

१२ वैशाखभित्र उजुरी दिन आह्वान गरिएको छ । त्यसपछि संसदीय सुनुवाइ हुनेछ । समितिको कार्यालय सिंहदरबार, इमेल, हुलाक तथा जिल्ला प्रशासन कार्यालयबाट समेत उजुरी दर्ता गर्न सकिने सूचनामा उल्लेख छ ।

२४ चैतको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवाका ८ सहित २० जनालाई राजदूत नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । संसदीय सुनुवाइ पश्चात् राष्ट्रपतिबाट राजदूत नियुक्त हुने व्यवस्था छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ७ : ४० बजे

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६