युनिलिभरद्वारा कञ्चनजंगा हिमालको सफाइमा नेपाली सेनासँग हातेमालो « Khabarhub

युनिलिभरद्वारा कञ्चनजंगा हिमालको सफाइमा नेपाली सेनासँग हातेमालो


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युनिलिभरको ‘विश्वलाई दिगो साझा बास स्थान बनाउने’ प्रतिबद्धताको एक अंश रूपमा, यसले ‘हिमाल सरसफाइ अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । कम्पनीले नेपाली सेनासँग उक्त पहलका लागि हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ भएको बताएको छ ।

युनिलिभरले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग यो दोस्रो सहकार्य भएको पनि बताएको छ । हिमालको संरक्षण गर्ने र हिमालहरू सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो ।

फोहरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको बताएको छ । फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमालहरूको सौन्दर्यलाई तहसनहस पार्नुका साथै विश्वको वातावरणीय स्वास्थ्यमाथि जोखिम उत्पन्न गरिरहेको पनि बताएको छ।

नेपाली सेनाको मुख्यालय, जङ्गीअड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाई दिएका छन् ।

“हिमाल सफाइ अभियानलाई अभियानको सफलताका लागि विश्वसनीय र प्रतिबद्ध साझेदारीको आवश्यकता पर्दछ र हामी युनिलिभरसँग नेपालमा यसलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं,” खड्काले भने

युनिलिभर नेपाल लिमिटेडका प्रबन्धनिर्देशक अम्लान मुखर्जीले भने, “यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनःप्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौं ।” नेपाललाई आफ्नो शिखरहरूको लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशील रहेको उल्लेख गर्दै उनले युनिलिभरले कञ्चनजंघा हिमालको सफाइ भन्दा अर्को राम्रो कारण फेला नपारेको बताए ।

उनले युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध रहेको पनि बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १ : ५० बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमय

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

आज २०८२ साल पुस ७ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ७ गते सोमबार तदनुसार

बढी धुवाँ फाल्ने सवारीसाधनका चालक कारबाहीमा

काठमाडौं – ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने ४० सवारीसाधनका

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने