युनिलिभरद्वारा कञ्चनजंगा हिमालको सफाइमा नेपाली सेनासँग हातेमालो « Khabarhub

युनिलिभरद्वारा कञ्चनजंगा हिमालको सफाइमा नेपाली सेनासँग हातेमालो


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युनिलिभरको ‘विश्वलाई दिगो साझा बास स्थान बनाउने’ प्रतिबद्धताको एक अंश रूपमा, यसले ‘हिमाल सरसफाइ अभियान २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको छ । कम्पनीले नेपाली सेनासँग उक्त पहलका लागि हातेमालो गर्न र योगदान दिन पाउँदा कृतज्ञ भएको बताएको छ ।

युनिलिभरले हिमालयलाई फोहोरबाट स्वच्छ राख्न राष्ट्रिय सरसफाइ कार्यक्रमसँग यो दोस्रो सहकार्य भएको पनि बताएको छ । हिमालको संरक्षण गर्ने र हिमालहरू सरसफाइ गरी जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्ने उद्देश्यले बहुपक्षीय कार्यक्रम सञ्चालन गरिएको हो ।

फोहरमुक्त विश्वको लागि चक्रीय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको बताएको छ । फोहोरमैला व्यवस्थापनमा लापरवाहीले हिमालहरूको सौन्दर्यलाई तहसनहस पार्नुका साथै विश्वको वातावरणीय स्वास्थ्यमाथि जोखिम उत्पन्न गरिरहेको पनि बताएको छ।

नेपाली सेनाको मुख्यालय, जङ्गीअड्डा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाली सेनाको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष निर्देशनालयका निर्देशक सहायक रथी हिमांशु खड्काले युनिलिभर नेपाललाई बधाई दिएका छन् ।

“हिमाल सफाइ अभियानलाई अभियानको सफलताका लागि विश्वसनीय र प्रतिबद्ध साझेदारीको आवश्यकता पर्दछ र हामी युनिलिभरसँग नेपालमा यसलाई निरन्तरता दिन पाउँदा उत्साहित छौं,” खड्काले भने

युनिलिभर नेपाल लिमिटेडका प्रबन्धनिर्देशक अम्लान मुखर्जीले भने, “यस निरन्तर सहकार्यमार्फत हामीले यस वर्ष फोहोर संकलन, छुट्याउने, सञ्चित फोहोरको पुनःप्रयोगमा नयाँ कीर्तिमान कायम गर्ने लक्ष्य राखेका छौं ।” नेपाललाई आफ्नो शिखरहरूको लागि गौरव कायम राख्न सहयोग गरी नेपालको सेवामा क्रियाशील रहेको उल्लेख गर्दै उनले युनिलिभरले कञ्चनजंघा हिमालको सफाइ भन्दा अर्को राम्रो कारण फेला नपारेको बताए ।

उनले युनिलिभर पृथ्वीको वातावरणीय स्वास्थ्य सुधार गर्न प्रतिबद्ध रहेको पनि बताए ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १ : ५० बजे

‘गृहमन्त्रीज्यू, दक्षिणा होइन, न्याय दिनुहोस्’

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले गृह मन्त्रालय हरेक चेलीको माइतीघर भएको

सरकारी सूचना निर्णयविरुद्ध पत्रकार महासंघको र्‍याली

काठमाडौं– सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना प्रकाशन र प्रसारण गर्ने

बैंकिङ कसुर मुद्दामा पनि दीपक भट्ट र सुलभ अग्रवाललाई थुनामा पठाउन आदेश

काठमाडौं– व्यवसायी दीपक भट्ट र उद्योगी सुलभ अग्रवाललाई उच्च अदालत

थप तीन स्थानीय तहमा मालपोत सेवा सुरु, स्थानीय तहमा विस्तार हुँदै जग्गा प्रशासन सेवा

काठमाडौं– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

जर्मनी र आइभरी कोस्ट शीर्ष स्थानका लागि भिड्दै, इक्वेडरलाई जितको दबाब

काठमाडौं- विश्वकप फुटलबमा समूह ‘इ’ अन्तर्गत शनिबार हुने दोस्रो चरणका