चितुवाको छाला र खप्परसहित चारजना पक्राउ « Khabarhub

चितुवाको छाला र खप्परसहित चारजना पक्राउ


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- चितुवाको छालासहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँको बुढानिलकण्ठ नगरपालिका–७ गल्फुटारबाट चार जनालाई दुई थान चितुवाको छाला र एक थान चितुवाको खप्परसहित प्रहरीले पक्राउ गरेको हो ।

दुर्लभ वन्यजन्तु चितुवाको छाला ओसारपसार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग बुढानिलकण्ठबाट खटिएको प्रहरी टोलीले गल्फुटारमा लक्ष्मी प्रसाद गिरीले सञ्चालन गरेको पूर्व पश्चित गेष्ट हाउसबाट चारजनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा गुल्मीको चन्द्रकोट गाउँपालिका–७ घर भई झापा बस्ने ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगाको खिजिघोम्बा गाउँपालिका–९ घर भई हाल भक्तपुरको चागुनारायण नगरपालिका–५ बस्ने २९ वर्षी फुरी शेर्पा, धादिङ गजुरी गाउँपालिका–५ घर भई हाल भक्तपुर चागुनारायण–५ मै बस्ने २४ वर्षीय विनोद श्रेष्ठ र सिन्धुली कमलामाई नगरपालिका–४ हिरापानी घर भई हाल ललितपुर पाटन बस्ने ३० वर्षीय विकास पुर्कुटी रहेका छन् ।

उनीहरूको साथबाट प्रहरीले दुई थान चितुवाको छाला, छाला बिनाको चितुवाको टाउकोको खप्पर एक थान, चार थान मोबाइल फोनसमेत बरामद गरेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

पक्राउ परेका चारै जनालाई थप आवश्यक अनुसन्धान र कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  २ : ०४ बजे

कलाकार सागर लम्साल ‘बले’ पक्राउ

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला

विद्यार्थीलाई पढाइसँगै सीपमूलक तालिम

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गास्थित धौलागिरि माध्यमिक विद्यालयका विद्यार्थीलाई हातेट्याक्टर

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

आईपीएल क्रिकेट : पञ्जावको लगातार दोस्रो जित, चेन्नइ पराजित

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा पञ्जाब किंग्सले लगातार दोस्रो

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी