उपन्यास ‘उलार’ अब रंगमञ्चमा « Khabarhub

उपन्यास ‘उलार’ अब रंगमञ्चमा


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नयनराज पाण्डेको लोकप्रिय उपन्यास ‘उलार’ अब रंगमञ्चमा प्रस्तुत हुने भएको छ।

गार्डेन थिएटरले कथा घेरासँगको सहकार्यमा मञ्चन गर्न लागेको नाटकमा सरिता गिरी, सबीर चुरौटे, अरुण शर्मा, संजय गुप्ता, शेखर चापागाईलगायत कलाकार मुख्य भूमिकामा देखिने छन् । यही वैशाख ६ गतेदेखि टेकुस्थित कौसी थिएटरमा मञ्चन हुने नाटक चे शंकरको परिकल्पना तथा निर्देशनमा प्रस्तुत हुन लागेको हो ।

२५ वर्षअघि प्रकाशित उलार नेपालगञ्जको परिवेशमा बुनिएको उलार सीमान्त तहका जनताको संघर्षको कथा हो ।

नयनराज पाण्डेको महत्वपूर्ण कृतिका रुपमा रहेको उलारको कथा र यसले उठाएका मुद्दा वर्तमान नेपाली समाजमा सान्दर्भिक रहेको निर्देशक चे शंकरको भनाइ छ । दर्जन बढी नाटक निर्देशन गरेका चे शंकरको निर्देशनमा यसअघि सेम टाइम नेक्स इयर, लुक ब्याक इन एंगर, तिर्खा, ऊ मरेकी छैन, कोही किन बरबाद होस्, मिस्टर फक्स एन्ड स्कुल ब्वायलगायत नाटक मञ्चन भइसकेका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  १० : ५३ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश