संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न सकेन: सभामुख « Khabarhub

संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न सकेन: सभामुख


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सभामुख अग्नि सापकोटाले संविधानअनुसारको दायित्व पूरा गर्न सहज वातावरण बन्न नसकेको गुनासो गरेका छन् ।

आइतबार काठमाडौंमा भ्रष्टाचारविरुद्ध कार्टुन प्रदर्शनी निसानाको उद्घाटन गर्दै सभामुख सापकोटाले आफूले गर्नुपर्ने दायित्य पूरा गर्न प्रयत्न गरेपनि उचित वातावरण बन्न नसकेको गुनासो गरेका हुन् ।

उनले सभामुखको काम कानुन निर्माणमा नेतृत्व गर्ने, गुणस्तरीय कानुन निर्मााणका साथै बनेका कानुनको संसदीय निगरानी गर्नु रहेको भएपनि त्यसका लागि आवश्यक वातावरण बनाउने ठूलो कुरा रहेका बताए ।

उचित वातावरण बनाउनका लागि आफूले पहल गरेपनि विभिन्न अप्ठ्यारा रहेको उनकाे भनाइ छ ।

सभामुख सापकोटाले असन्तुष्टि पोख्नु र आलोचना हुनु स्वभाविक भएपनि मुख्य कुरा निकास दिने नै भएको धारणा राखे ।

नेपाल कार्टुनिष्ट क्लबले आयोजना गरेको प्रदर्शनी आर्ट काउन्सिलमा वैशाख ६ गतेसम्म चल्नेछ । करिब ४० कार्टुनिष्टहरूद्वारा तयार पारिएका भ्रष्टाचारविरोधी काटुर्नहरू देशका सातै प्रदेशमा प्रदर्शन गर्ने क्लबले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ३ : २४ बजे

खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार

सोलुखुम्बु- सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा

झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी

झापा– बङ्गालको खाडीबाट अगाडि बढिरहेको वर्षा प्रणालीका कारण बाढी तथा

बाढी पसेपछि सुस्तावासी समस्यामा

नवलपरासी– निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको बाढी बस्तीमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

शनिबार शनिदेवको पूजा गर्नुहोस्

आज २०८३ साल असोज १० गते शनिबार । सन् २०२६