युक्रेनमा फेरि अर्का रुसी जर्नेल मारिए « Khabarhub

युक्रेनमा फेरि अर्का रुसी जर्नेल मारिए


४ बैशाख २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– युक्रेनमा तैनाथ अर्का रुसी जर्नेल पनि मारिएका छन् । रुसको तास समाचार संस्थाका अनुसार युक्रेनमा तैनाथ रुसी सेनाको आठौँ डिभिजनका उपकमाण्डर भ्लादिमिर पेट्रोभिच फ्रोलोभ मारिएका हुन् ।

सेन्ट पिटर्सबर्गका गभर्नर अलेक्जाण्डर बेगालोभले उनको मृत्यु भएको पुष्टि गरेको जनाइएको छ । ‘भ्लादिमिर पेट्रोभिच फ्रोलोभले युक्रेनी राष्ट्रवादीहरू विरुद्धको युद्धमा साहसिक मृत्युवरण गरेको’ उनले बताए ।

फ्रोलोभले ‘आफ्नो ज्यान बलिदान गरेका छन् ता कि डोनबासका केटाकेटी, महिला र वृद्धवृद्धाले बम विष्फोटको आवाज नसुनून् ।’ गभर्नर बेगालोभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता रुसी सेनाका धेरै उच्च पदस्थ सैनिक अधिकारीको मृत्यु भइसकेको बताइएको छ । रुसी सेनाका जनरलहरुले युद्धमैदानमै पुगी आफ्नो ज्यानको बाजी राख्नु अस्वभाविक रहेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७९, आइतबार  ५ : १५ बजे

सहायता कटौती र महँगीले अफगानिस्तानमा भोकमरी बढ्यो

काबुल – अन्तर्राष्ट्रिय सहायता कटौती र खाद्यान्नको मूल्यवृद्धिका कारण अफगानिस्तानमा

चिकित्सा शिक्षामा पहुँच विस्तार गर्न ४१८ सिट थपिए

काठमाडौँ – चालु शैक्षिक सत्रमा चिकित्सा शिक्षातर्फ ४१८ नयाँ सिट

दसैँले राष्ट्रिय एकता र देशभक्तिको भावना बलियो बनाउँछ : प्रदेश प्रमुख भट्ट

गण्डकी – गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले बडादसैँले नेपालीबीच आपसी

रुसी ऊर्जा व्यापारमाथिको प्रतिबन्धमा ट्रम्पको छुट

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसको ऊर्जा क्षेत्रबाट हुने आम्दानीलाई लक्षित

मतदाता नामावली अद्यावधिक : एक लाख ८७ हजार मतदाता थपिए

काठमाडौँ– निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । गत