ताप्ली गाउँपालिका अध्यक्षमा माओवादीका विश्वकर्मा निर्वाचित « Khabarhub

ताप्ली गाउँपालिका अध्यक्षमा माओवादीका विश्वकर्मा निर्वाचित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका विश्वकर्माले प्रतिस्पर्धी एमालेका बाबुराम राईलाई ३८ मतले हराउँदै निर्वाचित भएका हुन् । विश्वकर्माले १ हजार ७ सय ८७ मत प्राप्त गर्दा राईले १ हजार ७ सय ४९ मत मात्र प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा एमालेका मानकुमारी थापालाई हराउँदै कांग्रेसका धनमाया मगर निर्वाचित भएकी छिन् । धनमायाले २ हजार ५ सय ८६ मत ल्याएकी छन् ।

त्यसैगरी वडा नम्बर १ मा एमालेका उद्धव हमाल, वडा नम्बर २ मा एमालेका छत्रबहादुर श्रेष्ठ, वडा नम्बर ३ मा कांग्रेसका रंगमान तामाङ, वडा नम्बर ४ मा कांग्रेसका उमेशकुमार मगर र वडा नम्बर ५ पालिका केन्द्र रुपाटारमा  माओवादी केन्द्रका विष्णु श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताप्ली गाउँपालिकामा कुल ९ सय ९ सय ३१ मतदाता मध्ये ५७ दशमलव आठ प्रतिशत मत ५ हजार ६ सय ६८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ५५ बजे

प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गतको आजको खेलमा नेपाल

एमाले संसदीय दलको नेता हुन सक्छन् उपाध्यक्ष बादल

काठमाडौं– नेकपा एमालेले संसदीय दलको नेता रामबहादुर थापा बादललाई बनाउने

सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै प्रतिवादमा उत्रन एमालेको आह्वान

काठमाडौं– नेकपा एमालेले सरकार राज्य आतंकतर्फ उन्मुख भएको निष्कर्ष निकाल्दै

यातायात कार्यालयबाट सात जना बिचौलिया पक्राउ

काठमाडौं– काठमाडौँ महानगरपालिका–१५ सानो भर्‍याङस्थित यातायात व्यवस्था कार्यालयबाट सात जना

नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार

काठमाडौं– यो साता कारोबारको सुरुआती दुई दिन उच्च अङ्कले घटेको