ताप्ली गाउँपालिका अध्यक्षमा माओवादीका विश्वकर्मा निर्वाचित « Khabarhub

ताप्ली गाउँपालिका अध्यक्षमा माओवादीका विश्वकर्मा निर्वाचित


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरको ताप्ली गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका ढुङ्गराज विश्वकर्मा निर्वाचित भएका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका विश्वकर्माले प्रतिस्पर्धी एमालेका बाबुराम राईलाई ३८ मतले हराउँदै निर्वाचित भएका हुन् । विश्वकर्माले १ हजार ७ सय ८७ मत प्राप्त गर्दा राईले १ हजार ७ सय ४९ मत मात्र प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा एमालेका मानकुमारी थापालाई हराउँदै कांग्रेसका धनमाया मगर निर्वाचित भएकी छिन् । धनमायाले २ हजार ५ सय ८६ मत ल्याएकी छन् ।

त्यसैगरी वडा नम्बर १ मा एमालेका उद्धव हमाल, वडा नम्बर २ मा एमालेका छत्रबहादुर श्रेष्ठ, वडा नम्बर ३ मा कांग्रेसका रंगमान तामाङ, वडा नम्बर ४ मा कांग्रेसका उमेशकुमार मगर र वडा नम्बर ५ पालिका केन्द्र रुपाटारमा  माओवादी केन्द्रका विष्णु श्रेष्ठ विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ताप्ली गाउँपालिकामा कुल ९ सय ९ सय ३१ मतदाता मध्ये ५७ दशमलव आठ प्रतिशत मत ५ हजार ६ सय ६८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ६ : ५५ बजे

संकटमा अवसर गुमाउँदा यता न उताका भए शेखर

काठमाडौं– जेन–जी आन्दोलनपछि करिब थला परेको नेपाली कांग्रेसमा विशेष महाधिवेशन

इरानमा प्रदर्शन चर्किँदै गएपछि अमेरिकाद्वारा मध्यपूर्वमा क्यारियर स्ट्राइक ग्रुप तैनाथ

काठमाडौं- अमेरिकाले क्यारियर स्ट्राइक ग्रुपका युद्धपोत मध्यपूर्वतर्फ तैनाथ गर्न थालेको

सुडानमा कोष अभावमा मार्चपछि चरम सहायताको लागि खाद्य अभाव हुने राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा नयाँ कोषको व्यवस्था नभएसम्म मार्चको अन्त्यपछि सहायताका लागि

त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले आजदेखि स्वास्थ्य बिमा