सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्र विजयी   « Khabarhub

सर्लाहीको बलरा नगरपालिकामा माओवादी केन्द्र विजयी  


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही – सर्लाहीको बलरा नगरपालिकाका माओवादी केन्द्र विजयी भएको छ । बलरा नगरपालिकाको मेयर र उपमेयरमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन् । माओवादी केन्द्रबाट मेयर पदका उम्मेदवार रामाशंकर प्रसाद कुशवाह ४६४३ मतसहित विजयी भए। उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार एवं निवर्तमान मेयर अभय कुमार सिहले ३६३१ मत प्राप्त गरे।

कुशवाह पेशाले शिक्षक हुन् । उनले निर्वाचन भन्दा केही समय पहिला उम्मेदवारी दिनकै लागि पदबाट राजीनामा दिएका थिए । उनी यस पहिला सम्म जिल्लाको गोडैता नगरपालिका स्थित बगदहमा रहेको श्री रामजानकी आधारभूत विद्यालयका प्रधानाध्यापक थिए ।

यस्तै उपमेयर पदमा पनि माओवादी केन्द्रकी उम्मेदवार कोशिला देवी विजयी भएकी छन् । उनले ४३५१ मत प्राप्त गरिन् । उनका निकटतम प्रतिस्पर्धी लोकतान्त्रिक समाजवादी पार्टीकी उम्मेदवार रागनी देवीले ३७४० मत मात्र प्राप्त गरिन । यसअघि २०७४ सालको स्थानीय तह निर्वाचनमा सो पालिकामा लोकतान्त्रिक समाजवादीले जितेको थियो ।

यस्तै यस पालिकाको बहुसंख्यक वडामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १, ३, ४, ५, ७ र ८ गरी ६ वटा वडामा नेपाली कांग्रेसले विजय हासिल गरेको छ  भने, वडा नम्बर ९, १० र ११ गरी ३ वडामा माओवादी केन्द्र विजयी भएको छ।

यस्तै, २ नम्बर वडामा नेकपा एमाले र ६ नम्बर वडामा लोकतान्त्रिक समाजवादी पार्टीका उम्मेदवार विजयी भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ९ : ४९ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति