भक्तपुरमा खाता  खोल्यो  राप्रपाले « Khabarhub

भक्तपुरमा खाता  खोल्यो  राप्रपाले


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – राष्टिय प्रजातन्त्र पार्टीले भक्तपुरमा खाता खोलेको छ । चाँगुनारायण नगरपालिका वडा नं ६ नगरकोटमा राप्रपाले वडाध्यक्षमा जितेको छ । सो वडाबाट राप्रपाका धनबहादुर लामा वडाध्यक्षमा विजयी भएका छन् ।

यो वडामा अन्य सबै सदस्य पनि राप्रपाले जितेको छ । सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ र आरती लामालगायतका छन्  । लामाले एक हजार ४११ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याए ।

सो वडामा २०७४ को निर्वाचनमा राप्रपाबाट लामा नै उम्मेदवार थिए । तर, उनलाई एमालेका सन्तबहादुर वाइवाले हराएका थिए । सो वडामा नेपाली कांग्रेसले पनि राप्रपालाई सहयोग गरेको थियो । जिल्लामा भक्तपुर, मध्यपुर थिमि, चाँगुनारायण र सूर्यविनायक गरी चार वटा नगरपालिका छन् ।

भक्तपुर र सूर्यविनायकमा १०/१०  र मध्यपुर थिमि र चाँंगुनारायणमा नौ/नौ गरी यहाँ कुल ३८ वटा वडाहरू छन् । २०७४ सालको निर्वाचनमा राप्रपाले एउटा पनि वडामा जित्न सकेको थिएन ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : ०२ बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति