२८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कुन दलले कति तह जिते ?  « Khabarhub

२८२ स्थानीय तहको मतपरिणाम सार्वजनिक : कुन दलले कति तह जिते ? 


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणाम आउनेक्रम जारी छ । देशका ७५३ स्थानीय तहमध्ये हालसम्म २८२ वटाको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ ।

अन्तिम मतपरिणाम आएकामध्ये सबैभन्दा बढी स्थानीय तहको प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार विजयी बनेका छन् । कांग्रेसले अन्तिम मतपरिणाम सार्वजनिक भएका स्थानीय तहमध्ये १२८ वटाको प्रमुख आफ्नो पक्षमा पारेको छ । अर्थात्, ४५.३९ स्थानीय तहको प्रमुखमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

कांग्रेसपछि नेकपा एमालेका उम्मेदवार धेरै स्थानीय तहको प्रमुखमा विजयी बनेका छन् । हालसम्म आएको अन्तिम मतपरिणाममध्ये एमालेले ७९ स्थानीय तहको प्रमुख जित्न सफल भएको छ । अन्तिम मतपरिणाम आएकामध्ये २७.६५ प्रतिशत स्थानीय तहमा एमालेका उम्मेदवारले जितेका छन् ।

६१ वटा स्थानीय तहको प्रमुख जितेर नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा रहेको छ । अन्तिम मतपरिणाम आएकामध्ये २१.६३ प्रतिशत स्थानीय तहको प्रमुख माओवादी उम्मेदवार विजयी बनेका छन् ।

नेकपा (एकीकृत समाजवादी)ले हालसम्म ४ वटा स्थानीय तहको प्रमुख जितेको छ । यो भनेको अन्तिम मतपरिणाम आएका स्थानीय तहको १.४१ प्रतिशत हो ।

जनता समाजवादी पार्टी (जसपा), नेपालले हालसम्म ३ वटा स्थानीय तहको प्रमुख मात्र जितेको छ । उसले अन्तिम मतपरिणाम आएको स्थानीय तहमध्ये १.०६ प्रतिशत स्थानमा जितेको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नेपालले हालसम्म कुनै पनि स्थानीय तहको प्रमुख जित्न सकेको छैन ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  १२ : १५ बजे

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले

ट्राफिक जरिबाना नतिर्ने दुई लाख ६१ हजार चालकले सवारीसाधन खरिदबिक्री गर्न नपाउने

काठमाडौं । ट्राफिक कारबाहीमा परेर जरिबाना नतिर्ने सवारी चालकले यातायात

नक्कली भुटानी शरणार्थी प्रकरणमा टोपबहादुर र बालकृष्ण खाण पनि दोषी ठहर

काठमाडौँ । भुटानी शरणर्थी प्रकरणमा एमालेका नेता तथा पूर्वमन्त्री टोपबहादुर

नक्कली भुटानी शरणार्थी प्रकरणमा यी ७ जनाले पाए सफाइ

काठमाडौँ । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री