डडेल्धुरामा कांग्रेस अगाडि « Khabarhub

डडेल्धुरामा कांग्रेस अगाडि


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– डडेल्धुराका सातवटा स्थानीय तहमध्ये छ पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । 

यी छमध्ये चारवटामा कांग्रेस विजयी भएको छ भने दुई मा नेकपा माओवादी केन्द्र विजयी भएको निर्वाचन कार्यालयले जनाएको छ । 

जिल्ला सदरमुकाममा रहेको अमरगढी नगरपालिका–१० वडासहित प्रमुख र उपप्रमुखमा कांग्रेस विजयी भएको छ । अमरगढीमा कांग्रेसका डिल्लीराज जोशी र उपप्रमुखमा पार्वती झुकाल विजयी भएका हुन् । प्रमुखमा जोशीले तीन हजार ६१९ र उपप्रमुखमा झुकालले तीन हजार ६७८ मत ल्याई विजयी भएका हुन् । अमरगढीमा नौ हजार ७९२ मत खसेको थियो ।

त्यसैगरी जिल्लाको भागेश्वर गाउँपालिकामा पनि नेपाली कांग्रेसकै हेमराज चटौत र पुष्पा ठकुराठी क्रमशः अध्यक्ष र उपाध्यक्षमा विजयी भए । भागेश्वर गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्मेदवार हेमराज चटौत दुई हजार ३११ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी एमाले उम्मेदवार रामबहादुर शाहीलाई एक हजार २३३ मतान्तरले पराजित गरे ।

पराजित रामबहादुर शाहीले एक हजार ७८ मत ल्याए भने उपाध्यक्षमा पुष्पा ठकुराठीले दुई हजार ३४८ मत ल्याई विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका गीता भट्टले ८३२ मत ल्याएका छन् । भागेश्वरमा कांग्रेसले चार वडासहित पालिकामा छन् । 

त्यसैगरी गन्यापधुरा गाउपालिकामा पनि चार वडासहित अध्यक्ष र उपाध्यक्षमा कांग्रेसका इन्द्र कार्की र ज्ञानु सेठी विजयी भए । नवदुर्गा गाउँपालिकामा पनि कांग्रेसले दुई वडासहित अध्यक्ष उपाध्यक्षमा लक्ष्मीप्रसाद अवस्थी र निर्मला विष्ट बोगटीले जित हासिल गरेका छन् । 

अजयमेरु गाउँपालिकामा नेकपा माओवादीका उमेशप्रसाद भट्ट विजयी भए । भट्ट दोस्रो कार्याकालका लागि पुनः विजयी भएका छन् । अजयमेरु गाउँपालिकाका प्रमुखमा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवार उमेशप्रसाद भट्ट दुई हजार ४६९ मत ल्याई विजयी भएका हुन् । 

उपाध्यक्षमा भने कांग्रेसका उम्मेदवार वसन्ती पालले दुई हजार ५६५ मतसहित विजयी भएका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ४ : ४५ बजे

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ

कालिका नगरपालिकामा भूमि प्रशासन सेवा थालनी

चितवन– कालिका नगरपालिकाले भूमि व्यवस्थापन सेवा सुरुआत गरेको छ ।

हिन्दू-मुस्लिम अगुवाको संयुक्त अपिल : धार्मिक सहिष्णुता र सामाजिक सद्‍भाव कायम गरौँ

काठमाडौं- सुनसरीको देवानगञ्ज क्षेत्रमा आइतबार राति भएको घटनापछि मधेस प्रदेशका

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाजा शान्ति सम्झौताको घोषणा

वासिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासको निशस्त्रीकरण र गाजा पट्टीबाट

पुँजीगत खर्चबारे अर्थ समितिमा छलफल गराउन सांसद लिमा अधिकारीको प्रस्ताव

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिकी सदस्य लिमा अधिकारी आचार्यले पुँजीगत खर्चको कमजोर