चाँगुनारायणको प्रमुखमा एमाले अगाडि « Khabarhub

चाँगुनारायणको प्रमुखमा एमाले अगाडि


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– चाँगुनारायण नगरपालिकामा नेकपा एमालेका उम्मेदवारले अग्रता लिन थालेका छन् ।

वडा नं १ देखि ५ सम्मको मतगणनाको क्रममा नगर प्रमुखमा कांग्रेसका उम्मेदवार जीवन खत्रीले अग्रता लिए पनि वडा नं ६ को मतगणनाको नतिजा आउँदा भने एमालेका उम्मेदवार वीणा बाँस्तोलाले अग्रता लिएका छन्  ।  बाँस्तोलाले ६ हजार ६५० मत प्राप्त गर्दा कांग्रेसका खत्रीले ६ हजार २९३ मत प्राप्त गर्दै खत्रीले बीणालाई ३५७ मतान्तरले पछ्याई रहेका छन् ।

उपप्रमुखमा एमालेका रमेश बुढाथोकीले अग्रता कायमै राखेका छन् । बुढाथोकीले अहिलेसम्म ८ हजार ४ मत प्राप्त गरेका छन् । त्यस्तै कांग्रेसकी उम्मेदवार सुभद्रा काफ्लेले सात हजार ४३२ मत पाए । नगरपालिकाको– ६ नगरकोटमा राष्ट्रिय प्रजातन्त्र पार्टी पहिलो पटक विजयी भएको छ । वडाध्यक्षमा राप्रपाका धनबहादुर लामाले एक हजार ४११ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी एमालेका उम्मेदवार विष्णु लामाले एक हजार २०३ मत ल्याए । 

राप्रपाबाट सदस्यमा निर्वाचित हुनेमा वीरमान तामाङ, हरिप्रसाद लामिछाने, महिलामा आरती लामा र दलितमा सोनु विश्वकर्मा रहेका छन् ।

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ३ : ३२ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित