धनुषाको दुई गाउँपालिकामा कांग्रेस विजयी   « Khabarhub

धनुषाको दुई गाउँपालिकामा कांग्रेस विजयी  


३ जेठ २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– धनुषाको दुई गाउँपालिकामा नेपाली कांग्रेसले जित हात पारेको छ ।

 जिल्लाको धनौजी गाउँपालिका कांग्रेसको तर्फबाट कांग्रेसका उम्मेदवार राजकुमार साह र लक्ष्मीनियाँ गाउँपालिकाका अध्यक्षमा कांग्रेसका उम्मेदवार भोगेन्द्र मिश्र विजयी भएका हुन् । 

धनौजी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेपाली कांग्रेसको उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा कांग्रेसका राजकुमार शाहले ९९ मत अन्तरले विजयी भएका हुन् ।साहले दुई हजार २६२ मत ल्याएरका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका जिवेन्द्र झाले २ हजार १६३ मत ल्याएका छन् ।त्यसैगरी, उपाध्यक्षमा कांग्रेसकी रामवती देवी मण्डल दुई हजार ४३० मत ल्याएर निर्वाचित भएकी छन् । लोसपाका उपाध्यक्षका उम्मेदवार रञ्जिता देवी मण्डलले एक हजार ९०१ मत ल्याएकी हुन् ।

सोमवार दिनभर उक्त पालिकामा मतपत्र लिएर दलहरू बीच विवाद भएको थियो । तर सोमवार साँझ प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पहल गरेपछि दलहरू मतगणना गर्न तयार भएका थिए । यसअघि पनि कांग्रेसकै बद्री सिंह सो गाउँपालिकामा अध्यक्ष रहेका थिए । 

प्रकाशित मिति : ३ जेठ २०७९, मंगलबार  ४ : ०० बजे

मनिषको नेतृत्वमा प्रहरी पोशाक खरिद अध्ययन उपसमितिको पहिलो बैठक २ बजे

काठमाडौं–  निर्वाचन प्रहरी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति