बजेटका दुई वटा पाटा हुन्छन् । एउटा हेर्दा सुन्दा एकदमै राम्रो हुन्छ । नीजि क्षेत्रले स्वागत गरेको कारण पनि त्यही हो । सरकारबाट प्रस्तुत नीति तथा कार्यक्रममा आधारित प्रस्तुत बजेट हो । अनुसन्धानका हिसाबले यसका सिद्धान्त र प्राथमिकताहरु भनेको बजेटको आकार ठुलो हो कि सानो हो त्यो, पत्ता लगाएर पहिचान खुलाएर अगाडि बढ्यौ भने मात्र आयोजनाहरु कार्यान्वयन हुन्छन् ।
नेपालको इतिहासमा यो १२४० विलियनको राजस्वको श्रोत कहाँ हामी निजि क्षेत्रको प्रतिस्पर्धी श्रोत चाहियो भन्छौ । यो भनेको अहिलेको ४८५२ बिलियनको नयाँ जिडिपि क्याल्कुलेसनको हिसाबले २५ दशमलव ५० प्रतिशत हो । यो भनेको दक्षिण एसियाको सबैभन्दा ठुलो श्रोत हो।
यो जम्मा बजेटको ६९ प्रतिशत त खाली राजश्वको स्रोत मात्र हो । झन्डै १०० विलिएन राजश्व आयो भने अहिलेको वर्तमान अवस्थामा के उपयुक्त हो ? एकातिर अहिलेको अर्थतन्त्रमै समस्या छ । कोभिडको झण्डै दुई वर्षको प्रभावले समग्र विश्वको अर्थतन्त्र झन्डै २० प्रतिशत खुम्चिएको थियो । त्यो अहिले सुधारको अवस्थामा छ । दोस्रो रुस–युक्रेन युद्धले धेरै नयाँ नयाँ आर्थिक अवस्थाहरु सिर्जना गरेको छ ।
आज हामी भारतसँग ६५ प्रतिशत इन्पुट बेस्ट इकोनोमी हुँदाखेरि त भारतले पहिला आफ्नो आवश्यकता पुरा गर्दछ । उसले चामलमा चिनीमा प्रतिबन्ध लगायो नि त । आफ्नो जनतालाई पहिला फिट गर्ने अनि मात्र बाहिर दिने । यस्तो अवस्थामा आत्मनिर्भर अर्थतन्त्रतिर नगई यो नयाँ चुनौतीलाई समाधान नगरे केही विकल्प छैन । आत्मनिर्भर अर्थतन्त्रतिर जाने दुई वटा बाटो एउटा आयात प्रतिस्थापन अर्को उत्पादनमूलक उद्योगको प्रवर्द्धन भन्ने बित्तिकै हुने कुरा हैन यसको लागि धेरै योजना र अनुसन्धानको आवश्यकता पर्दछ ।
हाम्रो अहिलेसम्म उत्पादनमूलक उद्योग प्रवर्द्धन किन नभएको भन्दा एउटा हाम्रो कम्पिटेटिभ क्षमता छैन । र, अर्को पुर्वाधारको विकास नहुनु । स्थानीय निकायहरूको एउटा तालमेल नमिलेर पनि भइरहेको छ । झन्डै २० प्रतिशतको कक्पिटेटिभनेस छ, त्यसलाई सरकारले अलिकति सम्बोधन गरेको छ । विशेष गरी उद्योगलाई संरक्षण दिनुपर्छ । अनि मात्र हामीसँग ‘लङ–लास्टिङ इन्ड्रस्टियल सेक्टर’, भन्सारमा ग्याप गरेर हामीले कस्टम प्रोटेक्सन भन्दा पनि इलेक्ट्रिकल सप्सिटाइज यसरी गर्याै भने मात्र हाम्रो इलेक्ट्रोनिक सेक्टरको प्रोमोसन हुन्छ । यस पल्टको भन्सार हरेक वस्तुमा बढाइएको छ ।
भन्सार बढाएर अहिलेको अवस्था कोभिड पछिको रुस युक्रेन युद्धपछिको अवस्थामा पेट्रोलियम पर्दाथको मूल्य २०० प्रतिशतले बढेको छ । नेपाली करेन्सीको डिभ्यालुएसन झन्डै १५ देखि १६ थियो । अहिले २४ पुग्यो । अब कतिसम्म जान्छ थाहा छैन । सबै वस्तुमा मूल्य धेरै बढिसकेको छ । लजिस्टिक कस्ट पनि धेरै बढिसकेको छ । अहिले भारतमा जतिसुकै भिजिट सम्झौता गरे पनि ननट्रेडिबेरियसहरु इम्पोटरहरुले धेरै बुझाउनु परेको छ । आज यो ७ प्रतिशत इन्फ्रसमेन्ट रेटमा अहिलेको इकोनोमीले धान्न सक्दैन ।
अर्को समस्या सबै चोरी पैठारी गर्ने व्यापारलाई अहिले यसले धेरै नराम्रो असर पारेको छ । संसारमा व्यापार नै हो । अर्थतन्त्रको मोल । त्यसकारण अहिले हामीले उद्योग र व्यापारलाई छुट्याउनु भन्दा दुवैको भ्यालु अडिसनको हिसाबमा जानु पर्दछ । के–के कुरामा बढी भ्यालुयड हुन्छ, त्यो पत्ता लगाउनु पर्दछ । मेक इन नेपाल र मेड इन नेपालबीचको कति भ्यालु अडिसन हुन्छ । हामी सबैले बुझ्न जरुरी छ । अहिलेको नयाँ कस्टमको हिसाबले सरकारले १ डलर कमर्शियल प्रपोजको लागि दिएको छ ।
त्यसले गर्दा सरकारको खर्च चलेको छ आज । त्यो बन्द भयो भने कहाँबाट गर्ने ? त्यसकारण एउटा क्याल्कुलेटिभ नीति हुनुपर्यो । सरकार अहिलेको अवस्थामा कुनै पनि इन्पुट रोकेर बस्न सक्दैन । तरलताको व्यवस्थापन कहिले पनि यो फिस्कल पोलिसिले गर्दैन । किनभने फिस्कल पोलिसिले एउटा हामीलाई जिडिपि ग्रोथ ८ प्रतिशत चाहियो । अर्को ७ प्रतिशतको इन्फेक्सनमा बस्नलाई कुन हिसाबले मोनिटरिङ पोलिसि ल्याउन राष्ट्र बैकको मौद्रिक नीति र अहिलेको अवस्थालाई हेर्दा खेरि फिस्कल पोलिसि र मोनिटरिङ पोलिसिमा ‘को–रिलेसन’ होला जस्तो लाग्दैन ।
२०२२ को सुरुवातमा यो विश्व बैंकले तीन वटा कुरामा प्रतिवेदन तयार गरेको थियो । खाद्यान्नको अभाव, पेट्रोलियम पर्दाथको मूल्यवृद्धि र फाइनान्सियल लाइभलिटि । आज लोन लिन एकदमै सजिलो भएको छ । २५६ बिलियन तरलता बजारबाट तान्नु भयो भने नियन्त्रण भन्दा पनि बढी मूल्य वृद्धि भइरहेको छ ।
त्यसकारण यस्तो शिथिल विश्व अर्थतन्त्र भएको अवस्थामा कुनै राष्ट्रले सहयोग गर्ला त ? १२४० अर्ब २५ प्रतिशत भन्दा बढी जिडिपीको चालु खर्चमै सकिन्छ । पूर्वाधार विकास कहाँबाट पैसा ल्याएर गर्नुहुन्छ ? त्यसकारण हामी कहिले हाम्रो देशलाई विकाशतर्फ लैजान सक्छौ ? त्यो त समयले नै बताउँछ ।
(आइएसएसआरले आयोजना गरेको ‘अर्थतन्त्रको आयाम’का विषयमा व्यवसायी कमलेश अग्रवालले प्रस्तुत गरेको विचारको सम्पादित अंशः)
(प्रस्तुती : पुष्पाञ्जली बस्नेत)
https://www.facebook.com/watch/?v=691219681921806
प्रतिक्रिया