वर्षा र पहिरोले शैक्षिक संस्था बन्द | Khabarhub Khabarhub

वर्षा र पहिरोले शैक्षिक संस्था बन्द


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फुङ्लिङ- निरन्तर वर्षा र बाढीपहिराका कारण सिदिङवा गाउँपालिका र सिरिजङ्गा गाउँपालिका भित्रका सबै शैक्षिक संस्थाहरु बन्द भएको छ । निरन्तर वर्षाले खोलामा पानीको सतह बढेको र विद्यालय जाने बाटोहरु भत्किएर जोखिम भएसँगै गाउँपालिकाले विद्यालयहरु बन्द गरिएको हो ।

निरन्तरण वर्षा पहिराका कारण अर्को सूचना प्रकाशन नगरेसम्मका लागि स्कुल बिदाको निर्णय गरिएको सिदिङवा गाउँपालिकाका सूचना अधिकारी सेमन्त भट्टराईले बताए।

सदिङवा गाउँपालिकाले बिहीबारदेखि नै विद्यालय बन्द गरेको छ भने सिरिजङ्गा गाउँपालिकाले आजदेखि अर्को सूचना प्रकाशन नगरेसम्मको लागि गाउँपालिका भित्रको सबै विद्यालयहरु बन्द गर्ने निर्णय भएको सिरिजङ्गा गाउँपालिकाको उपाध्यक्ष चित्र माबोले बताए।

उनले भने, “खोलामा पानीको सतह बढेको छ । विद्यालय आउने जाने बाटो भत्किएपछि आउन जान नसक्ने भएपछि अर्को सूचना नआएसम्मका लागि शैक्षिक संंस्थाहरु बन्द गर्ने निर्णय भएको छ ।”

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  १ : २३ बजे

बागमतीसहित यी प्रदेशमा ठूलो वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

महिला एसिया कप : आइतबार भारत र श्रीलंकाको फाइनल भिडन्त

काठमाडौं – एसिसी महिला एसिया कप क्रिकेटको फाइनलमा भारत र

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार

आज २०८१ साल साउन १२ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल साउन १२ गते शनिबार तदनुसार