नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत | Khabarhub Khabarhub

नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ऋणपत्र पाँच वर्षको अवधिको हुने बैंकले जनाएको छ ।

ऋणपत्र जारी गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्र अङ्कित मूल्य प्रतिकित्ता एक हजारका दरले २५ लाख कित्ता जारी गर्ने भएको हो ।

ऋणपत्र निष्कासन गर्ने सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : ५१ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ