नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत « Khabarhub

नेपाल बैंकले २ अर्ब ५० करोडको ऋणपत्र जारी गर्ने, वार्षिक ब्याज दर १०.५० प्रतिशत


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल बैंक लिमिटेडले पाँच वर्ष अवधिको दुई अर्ब ५० करोड रुपैयाँको ‘नेपाल बैंक ऋणपत्र २०८४’ जारी गर्ने भएको छ । ब्याज दर वार्षिक १०.५० प्रतिशत रहने ऋणपत्र पाँच वर्षको अवधिको हुने बैंकले जनाएको छ ।

ऋणपत्र जारी गर्नका लागि बैंकले नबिल इन्भेष्टमेन्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यो ऋणपत्र अङ्कित मूल्य प्रतिकित्ता एक हजारका दरले २५ लाख कित्ता जारी गर्ने भएको हो ।

ऋणपत्र निष्कासन गर्ने सम्झौतामा नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनीषनारायण जोशीले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  २ : ५१ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ