जिसस मनाङ प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित « Khabarhub

जिसस मनाङ प्रमुखमा एमाले र उपप्रमुखमा कांग्रेस निर्वाचित


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ– जिल्ला समन्वय समिति मनाङको प्रमुखमा नेकपा एमालेका चिनबहादुर घले र उपप्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र गुरुङ निर्विरोध निर्वाचित भएका छन् । खुला सदस्यमा गठबन्धनको तर्फबाट माओवादी केन्द्रका मीनराज गुरुङ, कांग्रेसका सुकमाया बिक, एमालेका झलकबहादुर गुरुङ निर्वाचित भएका छन् । 

महिला सदस्यमा एमालेकी लक्ष्मी गुरुङ, एमालेकी सुस्मिता सिन्चौरी र कांग्रेसकी राधा बराल विश्वकर्मा निर्वाचित भएकी छन् । अल्पसंख्यकमा नेपाली कांग्रेसका ग्याम्जो घले निर्वाचित भएका छन् । जिसस मनाङको निर्वाचनबारे बुधबार संघीय सांसद पोल्देन छोपाङ गुरुङ, पूर्व राज्यमन्त्री टेकबहादुर गुरुङ, निवर्तमान जिल्ला समन्वय समिति मनाङका प्रमुख यज्ञप्रसाद घले, पालिका अध्यक्ष, उपाध्यक्ष, राजनीतिक दलका प्रमुख एवं  प्रतिनिधिको रोहबरमा गोलाप्रथाबाट प्रमुख र उपप्रमुख छानिएको थियो ।

निर्णय अनुसार गोलाप्रथाबाट प्रमुख पर्नेले  ३ सदस्य तथा  उपप्रमुख पर्नेले ४ सदस्य पाउने सहमति भएको थियो । सोही अनुसार नेकपा एमालेले प्रमुख र ३ सदस्य र गठबन्धन दलले उपाध्यक्ष र ४ सदस्य पाएको पूर्वराज्यमन्त्री टेकबहादुर गुरुङले बताए ।

जिल्लास्थित राजनीतिक दलबीच भएको सहमति अनुसार बिहीबार मनोनयन  दर्ता गरिएको  थियो । सबै पदमा एकल उम्मेदवारी परेको थियो ।  बुधबार गोलाप्रथाबाट प्रमुख र उपप्रमुखको नाम छानिएको मनाङ कांग्रेसका सचिव सुरेन्द्र गुरुङले बताए  । 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ३५ बजे

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको

दसैँले आत्मीयता र सांस्कृतिक विरासत जीवन्त राखेको छ: राष्ट्रियसभा अध्यक्ष

काठमाडौँ – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय एकता, सामाजिक सद्भाव,