आमिरसँग अक्षयको भिडन्त पक्का  | Khabarhub Khabarhub

आमिरसँग अक्षयको भिडन्त पक्का 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आउँदो अगस्ट ११ मा बलिउडका दुई ठूला स्टार एकआपसमा भिड्ने भएका छन् । बलिउड अभिनेता अक्षयकुमारको फिल्म  ‘रक्षाबन्धन’ र आमिर खान स्टारर ‘लाल सिंह चड्डा’ सँगै भिड्ने भएको छ । आगामी ११ अगस्ट २०२२ (साउन २६) गते यी दुवै फिल्म एकसाथ प्रदर्शनमा आँउदै छन् । बलिउड अभिनेता आमिर खानले आफ्नो क्यारेक्टरमा हलिउड अभिनेता टम ह्यान्क्सको झल्क देखाउने गरेका छन् । 

एउटा विषयलाई समातेर सशक्त फिल्म बनाउने शैली टमको छ । फरेस्ट गम्प, कास्ट अ वे , क्याप्टेन फिलीप, द टर्मिनल लगायतका टमको फिल्मको फ्यान विश्वभर छन् । यिनै टमले अभिनय गरेको फिल्म ‘फरेस्ट गम्प’ लाई भारतमा आमिरले रिमेक गरेका हुन् । करीना कपूर खान को-स्टार रहेको फिल्म  ‘लाल सिंह चड्डा’ मा आमिरको बाल्य अवस्था देखि वृद्धासम्मको जीवन-यात्रा र बदलिदो संसारलाई देखाइएको छ । एक सामान्य पुरुषको असाधारण यात्रा बोकेको फिल्मको ट्रेलरलाई लिएर मिश्रित प्रतिक्रिया आइरहेको छ । फिल्मका निर्देशन अद्वैत चन्दन र स्क्रिनप्ले अतुल कुलकर्णीले गरेका छन् ।

आनन्द एल राय निर्देशित फिल्म रक्षाबन्धनमा अक्षय र भूमि पेड्नेकरको मुख्य भूमिका छ । ‘अतरंगी रे’ पछि अक्षयले दोस्रोपटक आनन्द एल रायसँग सहकार्य गरेका हुन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ६ : ५८ बजे

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले

‘कांग्रेसमा अनुशासनको कारबाही खोटपूर्ण र दोहोरो मापदण्डमा आधारित’ 

काठमाडौं– नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले कांग्रेसको केन्द्रीय अनुशासन समितिले

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ