बारा कोल्हवीको सार्वजनिक जग्गा भूमाफियाहरुको कब्जामा  | Khabarhub Khabarhub

बारा कोल्हवीको सार्वजनिक जग्गा भूमाफियाहरुको कब्जामा 


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा- बाराको हाल कोल्हवी नगरपालिका वडा नं.१ स्थित बजार क्षेत्रको किता नं. १०९ को ५ विघा ४ कठ्ठा सार्वजनिक जमिन भूमाफियाले हडप्न थालेको भन्दै आवाज उठेको १० वर्ष बित्नै लागेको छ ।

तर अझै पनि यो जमिन सार्वजनिक हुन सकेको छैन । स्थानीय निकाय होस्, वा प्रदेश अनि संघको चुनाव ताका  जमिन सार्वजनिक बनाई छाड्ने नेताहरुले प्रतिवद्धता व्यक्त गर्ने गरे पनि चुनाव सकिएसँगै सबै मौन बस्दै आएका छन् । बाराको कोल्हवी नगरपालिका वडा नं.१ स्थित बजार क्षेत्रको किता नं.१०९ को ५ विघा ४ कठ्ठा सार्वजनिक जग्गा व्यक्तिले जग्गाधनी पूर्जा लिएको रहस्य बाहिर आएसँगै सचेत स्थानीयहरु त्यसविरुद्ध निरन्तर लागि परेको १० वर्ष भई सक्यो । तर अझै सम्म पनि सो सार्वजनिक जमिनको अझै छिनोफानो भएको छैन ।

यस क्षेत्रको मध्य भागमा वर्षौँदेखि हाटबजार लाग्दै आइरहेको छ । वर्षौँदेखि ब्यापार, ब्यावसाय सञ्चालन गर्दै आइरहेका ब्यापारीहरुले पनि पक्की संरचना तयार गरि आफ्ना ब्यवसायहरु चलाउँदै आएका छन् ।  यही सार्वजनिक जमिनमा आँखा गाड्दै भूमाफिया गिरोहले विभिन्न प्रपञ्च रच्दै सार्वजनिक जमिन हत्याउन लागि परि रहेका छन् ।

यस क्षेत्र भित्र हाट बजार सहित कोल्हवी नगरपालिका, कोल्हवी उद्योग वाणिज्य संघ, इलाका प्रहरी कार्यालय, सशस्त्र प्रहरी सुरक्षा वेस, थारु कल्याणकारिणी, ओम शान्ति लगायतका सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुको पक्की भवन छन् ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ८ : १८ बजे

राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीको मोटरसाइकल र्‍याली (तस्बिरहरू)

काठमाडौं– संवैधानिक राजसंस्था र सनातन हिन्दु अधिराज्यसहित बहुदलीय प्रजातन्त्र पुनर्स्थापनाको

यातायात व्यवस्था कार्यालयद्वारा ६० करोड राजस्व सङ्कलन

कैलाली– यातायात व्यवस्था कार्यालय, कैलालीले चालु आर्थिक वर्ष २०८१/८२ को हालसम्ममा

माओवादी केन्द्रकी सांसद रेखा शर्माले भनिन्– सरकारले २०४७ सालयताका नेताहरूको सम्पत्ति छानबिन गरोस्

काठमाडौं– नेकपा माओवादी केन्द्रकी नेता तथा सांसद रेखा शर्माले २०४७

आरआर क्याम्पसमा तोडफोड गरेको आरोपमा नेविसंघका १८ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) का

उपप्रधानमन्त्री सिंहले मागे मन्त्रालय मातहतका विभाग प्रमुखसँग लिखित कार्ययोजना

काठमाडौं– उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले मन्त्रालय मातहतका विभाग