राप्रपा नेपाल चाँडै जनतामाझ स्थापित हुने अध्यक्ष कमल थापाको दाबी | Khabarhub Khabarhub

राप्रपा नेपाल चाँडै जनतामाझ स्थापित हुने अध्यक्ष कमल थापाको दाबी


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल चाँडै जनतामाझ स्थापित हुने बताएका छन् । सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोही नवन पासाङ शेर्पालाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफू फरक दृष्टिकोण बोकेर जनताको माझ गएकाले पार्टीलाई बलियो बनाउन जनताले साथ दिने बताए ।

मुलुकमा राजनीतिक दल र दलका नेता राष्ट्रियता बलियो बनाउने विषयमा जिम्मेवार हुन नसक्दा अहिले देशमा विकृति र विसङ्गति बढेको बताउँदै अध्यक्ष थापाले नेपाललाई आवश्यक नै नभएको एसपीपी सम्झौताका बारेमा व्यापक चर्चा भइरहेको समयमा सरकारले अमेरिकी सरकारलाई औपचारिकरूपमै पत्र लेखेर एसपीपीबाट नेपाल अलग रहेको प्रष्ट्याउनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा राप्रपा नेपालको चुनाव चिह्न तीरसहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने पर्वतारोही शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित रु एक लाखसहितको चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपाल प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ३९ बजे

टिचिङमा इर्मजेन्सी १५ शैय्या र आधुनिक एमआरआईको उद्‌घाटन

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले त्रिवि शिक्षण अस्पतालमा

प्रधानमन्त्रीद्वारा भूमिहीन दलित एवं सुकुमबासीलाई जग्गाधनी पुर्जा वितरण

झापा– प्रधानमन्त्री केपी शर्मा ओलीले कनकाई नगरपालिकाका भूमिहीन दलित, सुकुमबासी

भारत केरलाकी नर्सलाई यमनमा मृत्युदण्डको सजाय : ‘ब्लडमनी’ अन्तिम विकल्प

काठमाडौं– यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डको मिति आउन केही

मधेसमा बजेट विवाद समाधान गर्न १४ सदस्यीय कार्यदल गठन

जनकपुरधाम– मधेस प्रदेशमा बजेट सम्बन्धमा देखिएको अवरोध हटाउन ६ सदस्यीय

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै