राप्रपा नेपाल चाँडै जनतामाझ स्थापित हुने अध्यक्ष कमल थापाको दाबी « Khabarhub

राप्रपा नेपाल चाँडै जनतामाझ स्थापित हुने अध्यक्ष कमल थापाको दाबी


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा नेपाल चाँडै जनतामाझ स्थापित हुने बताएका छन् । सगरमाथामा राप्रपा नेपालको झण्डा फहराउने पर्वतारोही नवन पासाङ शेर्पालाई सम्मान गर्न आयोजित कार्यक्रममा अध्यक्ष थापाले आफू फरक दृष्टिकोण बोकेर जनताको माझ गएकाले पार्टीलाई बलियो बनाउन जनताले साथ दिने बताए ।

मुलुकमा राजनीतिक दल र दलका नेता राष्ट्रियता बलियो बनाउने विषयमा जिम्मेवार हुन नसक्दा अहिले देशमा विकृति र विसङ्गति बढेको बताउँदै अध्यक्ष थापाले नेपाललाई आवश्यक नै नभएको एसपीपी सम्झौताका बारेमा व्यापक चर्चा भइरहेको समयमा सरकारले अमेरिकी सरकारलाई औपचारिकरूपमै पत्र लेखेर एसपीपीबाट नेपाल अलग रहेको प्रष्ट्याउनुपर्ने विचार व्यक्त गरे ।

कार्यक्रममा राप्रपा नेपालको चुनाव चिह्न तीरसहितको झण्डा विश्वको सर्वोच्च शिखर सगरमाथामा फहराउने पर्वतारोही शेर्पालाई तत्कालीन राप्रपा नेपालका महामन्त्री स्वर्गीय चन्द्रबहादुर गुरुङको स्मृतिमा स्थापित रु एक लाखसहितको चन्द्र स्मृति विशिष्ट प्रतिभा पुरस्कारबाट सम्मान गरिएको थियो ।

सो कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा नेपाल प्रवेश गर्नेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ९ : ३९ बजे

दुई धार्मिक समुदायका अगुवालाई एकै ठाउँ राखे रविले

काठमाडौं- सुनसरीसहित तराई-मधेशमा देखिएको तनाव कम गर्न राष्ट्रिय स्वतन्त्र पार्टी

बागमती प्रदेश सडक दुर्घटना : चितवनमा सबैभन्दा धेरै, रामेछापमा कम

चितवन– बागमती प्रदेशका १० जिल्लामा एक हजार ९२४ सडक दुर्घटना

नहरमा डुबेर १० वर्षीय बालकको मृत्यु

भद्रपुर– बुद्धशान्ति गाउँपालिका–६ स्थित सिँचाइका लागि बनाइएको नहरमा डुबेर १० वर्षीय

भ्रामक भिडियो पोस्ट नगर्न आग्रह

वीरगञ्ज– प्रमुख जिल्ला अधिकारी भोला दाहालले फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत सामाजिक

गगनले गरे कोशी र मधेसका नेता सांसदसँग छलफल

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जुम बैठक र काठमाडौंमा