निगमका कर्मचारीलाई दुर्व्यवहार नगरिएको मन्त्री आलेको सचिवालयको दाबी (विज्ञप्तिसहित) « Khabarhub

निगमका कर्मचारीलाई दुर्व्यवहार नगरिएको मन्त्री आलेको सचिवालयको दाबी (विज्ञप्तिसहित)


३ असार २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले मातहतका कुनै पनि कर्मचारीलाई आफूले दुर्व्यवहार नगरेको दाबी गरेका छन् ।

मन्त्री आलेले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्षलाई गालीगलौज गरेको समाचार अडियोसहित सार्वजनिक भएपछि मन्त्री आलेको सचिवालयले विज्ञप्ति निकालेर त्यसको खण्डन गरेको हो ।

पटक–पटक विवादमा मुछिएका मन्त्री आलेको सचिवालयले ती समाचारहरू झुठो भएको र आवश्यक परे मन्त्रालय र प्रशासनले सीसीटीभी फुटेज उपलब्ध गराउने बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘निगम कार्यकारी अध्यक्षसँगको प्रसँगमा माननीय मन्त्रीज्यूले स-साना काममा पनि निर्देशन दिनुपर्ने, सचेत गराउनुपर्ने, सम्झाउनुपर्ने क्रम निरन्तर रहेकाले एकपटक मात्र नभई बारम्बार दर्जनौंपटक निर्देशन दिनुपरेको अवस्था आजसम्म कायमै रहेको छ ।’

मन्त्री आलेको सचिवालयले गालीगलौजका सम्बन्धमा कानूनले निषेध गरेको गोपनियताको हकको उल्लंघन गर्दै दुईपक्षीय वार्ता र संवाद रेकर्ड गर्दै मिडियामा ल्याउने गरेको र सम्झाउँदा पनि नमानेको बताएको छ ।

यस्तै कार्यकारी अध्यक्षको व्यक्तिगत चरित्रलाई लिएर निगमभित्रै महिला कर्मचारीले थुप्रैपटक मन्त्रालयमा उजुरी दिएको आरोपसमेत लगाइएको छ ।

हेर्नुहोस् विज्ञप्ति:

 

प्रकाशित मिति : ३ असार २०७९, शुक्रबार  ११ : १६ बजे

गणेश नेपालीको शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइने

काठमाडौं- आत्मदाह गरी ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको

पाठ्यक्रम प्रारूप परिवर्तन कार्य तीव्र, विज्ञहरूसँग छलफल सिडिसी

भक्तपुर– पाठ्यक्रम विकास केन्द्र (सिडीसी)ले विद्यालय शिक्षामा पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनका

वर्षमानले मागे- गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको धारणा 

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गणेश नेपालीको आत्मदाहको घटनामा सरकारको

सांसद महरले संसद्‌मै लगाए ‘यो सरकार मुर्दावाद’ को नारा

काठमाडौं– नेकपा एमालेका सांसद् ऐन महरले आत्मदाह प्रयासपछि उपचारका क्रममा

राष्ट्रियसभाको बैठक सुरु,यस्तो छ कार्यसूची

काठमाडौं– राष्ट्रियसभाको बैठक प्रारम्भ भएको छ । संसद् सचिवालयले जारी