लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध हुने « Khabarhub

लेवान्डोस्की बार्सिलोनामा अनुबन्ध हुने


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – स्ट्राइकर रोबर्ट लेवान्डोवस्की जर्मन बुन्डेसलिगा क्लब बायर्न म्युनिख छोडेर ला लिगा क्लब बार्सिलोना जाने भएका छन् ।

बायर्न म्युनिखले बार्सिलोनाको ५० मिलियन पाउन्डको प्रस्ताव स्विकार गरेसँगै मे बाट लेवान्डोवस्कीको नयाँ गन्तव्य नोउ क्याम्प हुने भएको छ ।

लेवान्डोवस्कीले गत सिजन बायर्नबाट ५० गोल गरेका थिए । गत सिनजको अन्त्यसँगै उनले बायर्नमा भविष्य नदेखेकाले आफूलाई फुकुवा गरिदिन क्लब समक्ष आग्रह गरेका थिए । बायर्नले भने उनको प्रस्ताव अस्वीकार गर्दै आएको थियो ।

जाभीको टोलीले बिहीबार मात्र ओसामाने डेम्बेलेसँगको सम्झौता दुई वर्षका लागि नवीकरण गरेको थियो । बार्सिलोनाले यसअघि नै आन्द्रियास क्रिस्टेनसेन र फ्रयांक केइसीलाई अनुबन्ध गरिसकेको छ ।

बार्सिलोनाले शुक्रबार लिड्स युनाइटेडका राफिन्हालाई भित्राएको थियो । बार्सिलोनाले राफिन्हालाई ६७ मिलियन युरोमा अनुबन्ध गरेको हो ।

लेवान्डोवस्कीले बायर्नबाट लगातार आठ पटक बुन्डेसलिगाको उपाधि जितेका थिए । उनी सन् २०१४ मा बुन्डेसलिगाकै अर्को क्लब बोरुसिया डर्टमन्डबाट बायर्नमा भित्रिएका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : ४३ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको