समयमै पत्ता लागे पूर्ण उपचार हुन्छ छालाको क्यान्सर | Khabarhub Khabarhub

समयमै पत्ता लागे पूर्ण उपचार हुन्छ छालाको क्यान्सर


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एसर नासेर ३० वर्ष नहुँदै छालाको क्यान्सरको सिकार भइन्। ‘बिदा मनाउन म साथीकोमा गएको थिएँ। त्यसै समयमा मेरो गोडामा गाँठा देखा परेको थियो। मेरो साथीको सल्लाह अनुसार नै म चिकित्सक कहाँ परीक्षण गराउन गएँ’, उनले भनिन्’, चिकित्सकले त्यसलाई काटेर फालेका थिए। त्यसको एक सातापछि उनीहरूले यो छालाको क्यान्सर भएको बताए। म त स्तब्ध भएँ र हतोत्साहित नै भएँ।’ उनी आश्चर्यमा पर्नुको कारण के थियो भने धेरै अगाडिदेखि नै कालो छालामा धेरै घाम पर्दैन र यसले छालाको क्यान्सर हुँदैन भन्ने उनले सुन्दै आएकी थिइन्।

‘मैले के सोचेको थिएँ भने कालो छाला या गाढा छाला आफै सुरक्षित हुन्छ। यसलाई घामको प्रकाशले केही पनि गर्न सक्दैन। यस कारण छालालाई बचाउन सन स्क्रिन लगाउनै पर्दैन। अहिले मैले के बुझेको छु भने छाला भनेको छाला नै हो। यसलाई हामी आफैले बचाउनै पर्छ’, एसरले भनिन्, ‘पाँच वर्ष पछाडि क्यान्सर फेरि फर्कियो। भाग्यवश मैले यसलाई फेरि फिर्ता गर्न सकेँ। ’त्यस समयमा उनले किमो थेरापी गर्नु परेन। भएको गाँठा झिकेर फ्याकेकी छन्। १० वर्ष भयो, उनको शरीरमा सक्रिय रहेको कुनै क्यान्सर सेल छैन।

अहिले एसर सामाजिक सञ्जालमार्फत् छालाको क्यान्सरबाट कसरी बच्ने भनेर चेतना अभिवृद्धि गर्ने काम गरिरहेकी छिन्। अहिले सामाजिक सञ्जालमार्फत् आम मानिसलाई सचेत गराउने र मनोबल गिर्न नदिने अभियान नै चलेको छ। यस्ता अभियानमा विभिन्न रोगको सामना गरेर पूर्ण जीवन पाएका नै बढी सक्रिय छन्। यस्तैमा एसर पनि सक्रिय भएकी हुन्।

आफू वयस्क भएदेखि सन् स्क्रिन प्रयोग गर्न छाडेकी एसर बेलायत क्यान्सर अनुसन्धान केन्द्रमा कार्यरत छिन्। उनी कसैलाई पनि यस्तो गल्ती नगर्न बारम्बार सचेत गराउँछिन्। त्यो संस्था पनि के कुरामा सहमत छ भने मेलानीनकै कारण छाला क्यान्सरको असर कालो छाला भएका र एसियालीमा भन्दा गोरा छाला भएकोमा बढी छ।

छाला रोग विशेषज्ञ डा. ओफलेजीया डाट्जीयाकै अनुभवको आधारमा भन्ने हो भने कालो छाला हुनेमा सुरुवाती दिनमा भन्दा बढी उमेरमा यस्तो समस्या आउन पनि सक्छ। ‘हामीले हाम्रो छालालाई हेरेर धारणा बनाउने हो भने छालालाई पुरै हेर्नु पर्ने हुन्छ’, उनले भनिन्, ‘ कालो छाला हुनेले पैताला, हात, हत्केला र नङमा हेर्ने गर्दैनन्।’ उनकै अनुसार गोडाको पैतालामा मुसा आएको बताउन सक्छन्। यसो भएमा यो क्यान्सर भएको पनि हुनसक्छ।

छालामा बढी मात्रामा मेलानीन भएको कुरालाई नै अपभ्रंश बनाएर कालो छाला हुनेलाई क्यान्सर नै हुँदैन भने झैँ प्रचार गरिएको कुरामा डा. डाट्जीया सहमत छिन्। अहिले पनि समुदायमा आफू तातो भएको देशबाट आएको र यसले कुनै पनि अप्ठेरो नपर्ने कुरा गर्न थालिएको छ। वास्तवमा यो नै समस्याको एउटा प्रमुख कारण बन्ने गरेको छ।

छालालाई गाढा बनाउने मेलानीन एउटा तत्त्व हो। तर, छालाको रक्षा गर्ने यो नै एउटा मात्र तत्त्व भने होइन। छालाको सुरक्षा धेरै कुराले प्रभावित गरेको हुन्छ। मेलानीन छालाको छिद्रमा बस्छ। यसले सूर्यबाट आएको विकिरणबाट हामीलाई बचाउने काम गर्छ। ‘मेलानीनले हामीलाई बचाउने कुरा साँचो हो। तर, यो शतप्रतिशत भने होइन’, डा. डाट्जीयाले अगाडि भनिन् । उनले मानिसले छालाको क्यान्सरका बारेमा मात्र सोच्नु मान्छेको अर्को गल्ती भएको पनि बताएकी छिन्।

कालो छालामा धेरै हदसम्म नदेखिने गरी दुभी पनि रहेको हुनसक्छ। दुभीमा सूर्यको प्रकाश परेपछि अन्य असर पनि गर्न सक्छ।
डा. डाट्जीया बेलायतमा अपनाइएका सुरक्षा अवधारणा अन्य देशका लागि पनि उपयोगी हुने बताउँछिन्। त्यहाँ तीन तहको सुरक्षा नीति अपनाइएको छ। यसलाई उपयुक्त ठान्दै डाट्जीया सबैलाई यसै अनुसार चल्न सल्लाह दिन चाहन्छिन्। यस तीन तहमा छाया, कपडा र सनस्क्रिन रहेका छन्।

हामीले अन्य कपडासँगै टोपी लगाउनु उपयुक्त हुन्छ भने सन ग्लास पनि उपयुक्त मानिएको छ। बिहानको ११ बजेदेखि साँझको ३ बजेसम्म सूर्यको प्रकाश सिधै आउने भएका कारण छायामा बस्दा उपयुक्त हुनसक्छ। हामीले सन् स्क्रिन छनोट गर्दा धेरै एसपीएफ (सन प्रोटेक्सन फ्याक्टर) भएको छनोट गर्दा उपयुक्त ठहरिने छ। देखिने प्रकाशबाट पनि हामी बच्दा राम्रो हुन्छ किनकी यसले दुभीको समस्यालाई अझ बढाउन सक्ने छ।

‘हामीले प्रयोग गर्ने सन् स्क्रिन पानी बचाउने किसिमको हुनुपर्छ। प्रत्येक दुई घण्टामा एसपीएफ परीक्षण गर्न जरुरी पनि छ’, उनले भने । सूर्यबाट आउने हानिकारक पराबैजनी विकिरण त छालाको क्यान्सरको पहिलो कारण हुँदै हो। सिधै सूर्यको प्रकाशबाट पनि यस्तो हुनसक्छ भने सूर्यको प्रकाशले असर गरेका यस्ता पराबैजनी विकिरण असर भएका ओछ्यानबाट पनि छालाको क्यान्सरको जोखिम हुन्छ।
पछिल्लो समय संसारमा देखिएका तथ्यांक साँच्चै डर लाग्दा र भयावह छन्।

अमेरिकामा पाइएको एक तथ्यांक अनुसार हरेक पाँच जना मध्यको एक जना आफ्नो जीवनमा एक पटक छालाको क्यान्सरबाट पीडित हुन सक्ने जोखिममा छन्। यसका बाबजुद सकारात्मक कुरा के हो भने सही समयमै यस रोगको असर थाहा भएमा छालाको क्यान्सर पूर्ण रूपमा ठिक हुनसक्छ। उपचार साइकलमा एक्जीसन, क्रायोथेरापी, मोह सर्जरी, रेडिएसन र किमो थेरापी लगायत उपचार पद्धतिबाट छालाको क्यान्सर निको भएका छन्।

छालाका सेलहरू अनियन्त्रित रूपमा वृद्धि हुन थालेपछि नै छालाको क्यान्सर हुन्छ। सामान्यतया छालाका पुराना सेल निष्क्रिय हुने या मर्ने भइसकेपछि नयाँ सेलहरू बन्ने गर्छन्। तर, क्यान्सर भएको अवस्थामा यो अनियन्त्रित हुन्छ। यसको मतलब यसरी बढेका सेल सबै क्यान्सर नै हुन्छन् भन्ने चाहिँ होइन। यसरी बढेका सेल क्यान्सर सेल र नन क्यान्सर सेल दुवै हुन सक्छन्।

छालाको क्यान्सरलाई तीन किसिमले वर्गीकरण गरिएको छ। बासल सेल क्यारीनोमा र स्क्वामस सेल क्यारिनोमा दुई सामान्य र धेरैलाई हुने छालाको क्यान्सर हो। मेलानोमा भने सबैभन्दा घातक किसिमको छालाको क्यान्सर हो। मेलानोमा क्यान्सर चाँडै नै पत्ता लागेन भने यो छाला भन्दा बाहेक पनि फैलन सक्ने सम्भावना प्रबल हुनसक्छ। यस अवस्थामा यसलाई उपचार गर्न कठिन हुन्छ र मान्छेको जीवन नै सकिन सक्छ।

सही समयमा पत्ता लागेमा पूर्ण उपचार हुने भएकाले निश्चित समयको अन्तरालमा या केही अवस्थामा तत्काल चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ। प्रत्येक दिन ९ हजार ५ सय जना अमेरिकीमा छालाको क्यान्सर भएको पत्ता लाग्ने गरेको छ। यसको सकारात्मक पाटो भनेको सर्भाइभल रेट ९९ प्रतिशत छ।

गोरा छाला हुनेमा काला छाला हुने या एसियाली मूलका भन्दा छालाको क्यान्सरको सम्भावना ३० प्रतिशतले बढी छ। अश्वेतहरूमा बढी उमेर भएपछि छालाको क्यान्सर पत्ता लागेको छ। यसले उपचारमा समेत समस्या छ।

अफ्रिकन अमेरिकी मध्य २५ प्रतिशतमा त ठूलो गाँठो नै भएपछि मेलोनेमा पुष्टि भएको छ। यसले उपचारमा समेत समस्या हुन थालेको छ। क्यान्सरको नाम सुन्ने बित्तिकै हामी आत्तिने गरेका छौ। अन्य धेरै क्यान्सर जस्तो सावधानी अपनाउने, नियमित परीक्षण गर्ने र सही समयमै उपचार गर्ने गरेमा छालाको क्यान्सर पनि घातक नहुन सक्छ। स्रोतः बीबीसी, माइक्लेभल्यान्ड

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : ०२ बजे

कोप-१९ : विकासोन्मुख देशलाई तीन सय अर्ब डलर सहयोग गर्ने सहमति

बाकु – अजरबैजानको बाकुमा सम्पन्न भएको संयुक्त राष्ट्र सङ्घीय जलवायु

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार

काठमाडौं- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा

विधायन व्यवस्थापन समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसदको राष्ट्रियसभा अन्तर्गत रहेको विधायन व्यवस्थापन समितिको बैठक

बन्दीपुरको बौद्धसदनमा गुम्बा निर्माण

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–४ मा अवलोकेश्वर बौद्ध गुम्बा निर्माण गरिएको

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

सुनसरी– देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठा क्षेत्रफलमा बन्दागोभी