फेरि थपियो सत्य निरूपण र बेपत्ता आयोगको म्याद  « Khabarhub

फेरि थपियो सत्य निरूपण र बेपत्ता आयोगको म्याद 


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकाले आजदेखि लागू हुने गरी सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन गर्न गठित आयोगको म्याद फेरि थप गरेको छ।

गत वर्ष साउन १ गतेदेखि लागू हुने गरी थप गरिएको समय सकिएसँगै सरकारले यो पटक भने तीन महिनाका लागि फेरि म्याद थप गरेको हो ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले गत राजपत्रमा सूचना प्रकाशित गर्दै दुवै समितिको म्याद २०७९ असोज मसान्तसम्म थप गरिएको जनाएको छ। दुवै आयोग २०७१ साल माघ २७ गते दुई वर्षका लागि भनेर गठन गरिएको थियो।

दुई वर्षमा काम नसकिएपछि एक वर्ष म्याद थप्न सक्ने व्यवस्था गरिएको थियो । तर आयोगले समयमा काम गर्न नसकेपछि पटक पटक गरी झन्डै ९ वर्षसम्म देखी म्याद थप गर्दै आएको छ ।

सत्य निरूपण तथा मेलमिलाप आयोगमा झन्डै ६५ हजार हजार गुनासा दर्ता भएका छन् भने बेपत्ता छानबिन आयोगमा ३ हजार बढी उजुरीहरू दर्ता भएको दुवै आयोगले जनाउँदै आएका छन् ।

आयोगले सशस्त्र द्वन्द्वमा पीडित व्यक्तिलाई परिपूरणको व्यवस्थाका लागि सरकारलाई सिफारिस गर्ने र सशस्त्र द्वन्द्वकालीन घटनासँग सम्बन्धित गम्भीर अपराधमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीका लागि सरकारसमक्ष सिफारिस गर्ने आयोगको उद्देश्य राखेर दुवै आयोग गठन गरेको भए पनि अहिलेसम्म सो आयोगले कारबाही प्रक्रिया अघि बढाउन सकेको छैन । जसकाकारण आयोगको म्याद पटक पटक थपिँदै आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ८ : २४ बजे

सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ।

हिउँ र चिसोमा हराइरहेको डोल्पा : ६ महिना न शिक्षा न स्वास्थ्य !

काठमाडौं – देश अहिले चुनावमय बनेको छ। विभिन्न राजनीतिक दलका

गण्डकीमा सात हजार प्रहरी परिचालन हुने

गण्डकी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा  गण्डकी

राष्ट्रियसभा बैठक बस्दै : सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव प्रस्तुत गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री

बेंगलोरबाट हराएका बैतडीका एक युवक मृत भेटिए

बैतडी– भारतको बेंगलोरस्थित मत्तेकेरे क्षेत्रबाट सम्पर्कविहीन भएका बैतडीको दोगडाकेदार गाउँपालिका–३