खुल्यो मन्दाकिनी हाइड्रोको आईपीओ, आवेदन दिने मिति कहिलेसम्म ? « Khabarhub

खुल्यो मन्दाकिनी हाइड्रोको आईपीओ, आवेदन दिने मिति कहिलेसम्म ?


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आज साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

निष्कासन गर्न लागेको कुल आईपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । १२ साउनसम्म आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : २५ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको