खुल्यो मन्दाकिनी हाइड्रोको आईपीओ, आवेदन दिने मिति कहिलेसम्म ? « Khabarhub

खुल्यो मन्दाकिनी हाइड्रोको आईपीओ, आवेदन दिने मिति कहिलेसम्म ?


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – मन्दाकिनी हाइड्रोपावर सर्वसाधारणका लागि आज साधारण शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० सय रुपैयाँ अंकित दरका ११ लाख ७६ हजार ७३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

निष्कासन गर्न लागेको कुल आईपीओमध्ये २३ हजार ५२१ कित्ता कर्मचारीका लागि र ५८ हजार ८०३ कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी १० लाख ९३ हजार ७४८ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । १२ साउनसम्म आवेदन दिन सकिनेछ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डबल बी प्लस (आईएस) रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।

कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा बिओके क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले विक्री प्रबन्धसँगै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन् । यसका साथै मेरो शेयरको वेबसाइट तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ९ : २५ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने