विपद्का घटनामा परी ३ महिनामा १२३ जनाको मृत्यु | Khabarhub Khabarhub

विपद्का घटनामा परी ३ महिनामा १२३ जनाको मृत्यु


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो तीन महिनाको अविधिमा नेपालमा विपद्का घटनामा परी १२३ जनाको मृत्यु भएको छ । २०७९ वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जङ्गल आगलागी, हावाहुरी र जनावरको आक्रमण लगायतका घटनामा परी उनीहरूको मृत्यु भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार उक्त अवधिमा नेपालमा १ हजार ९८ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा ३०७ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन् ।

बितेको तीन महिनामा विपद्का घटनामा परी १ हजार ४१८ परिवार प्रभावित भएको केन्द्रको तथ्याङ्कले देखाउँछ । विपद्का घटनाले सो अवधिमा ४६३ घरमा आंशिक र ३२५ घरमा पूर्ण क्षति गरेको छ ।

केन्द्रका अनुसार यस वर्ष विपद्का घटनामध्ये चट्याङ लागेर ५२, आगलागीका घटनामा परी २०, पहिरोमा पुरिएर १७, जनावरको आक्रमणमा परी १२, बाढीमा परी ३, भारी वर्षाका कारण ४, सर्पको टोकाइबाट ६ र हावाहुरीमा परी ९ जनाको मृत्यु भएको छ ।

२०७९ साल सुरु भएपछिको तीन महिनामा विपद्का घटनाले ६८ करोड ९८ लाख ८७ हजार ६६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार आगलागीका घटनाबाट ५७ करोड ७३ लाख ६२ हजार २६० रुपैयाँ, पहिरोबाट ४ करोड ८१ लाख ७८ हजार रुपैयाँ, बाढीबाट ५० लाख १९ हजार रुपैयाँ, भारी वर्षाबाट १ करोड २३ लाख ८९ हजार ८ सय रुपैयाँ, चट्याबाट २५ लाख ४२ हजार रुपैयाँ, जङ्गल आगलागीबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ, हावाहुरीबाट २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ र जनावर आतंकबाट १९ लाख ५६ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

गत वर्ष (२०७८ साल) विपद्का घटनामा परी देशभर ५०८ जनाको मृत्यु, ७६ जना बेपत्ता र १ हजार ७८३ जना घाइते भएका थिए । सो वर्ष ६ हजार १५५ परिवार प्रभावित भएका थिए । विपद्का घटनाले गत वर्ष २ अर्ब ६१ करोड ४० लाख ६७ हजार ५७४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ११ बजे

धुलिखेल–साँगा सडकखण्ड कालोपत्र गरिँदै

काभ्रे– स्तरोन्नति भइरहेको अरनिको राजमार्गअन्तर्गत साँगा–धुलिखेल सडकखण्डको कालोपत्र सुरु गरिएको

टी-२० विश्वकप छनोट : नेपाली महिला टिम यूएईसँग भिड्दै

काठमाडौं – महिला टी-२० विश्वकपका लागि नेपालले सोमबार संयुक्त अरब

प्रतिनिधिसभा बैठकमा सांसदका प्रश्नमा सम्बन्धित मन्त्रीले जवाफ दिने

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज पनि बस्दैछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा अन्तर्गत रहेको कृषि, सहकारी तथा

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

वाशिङ्टन – अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेन प्रोस्टेट क्यान्सरको सिकार