विपद्का घटनामा परी ३ महिनामा १२३ जनाको मृत्यु « Khabarhub

विपद्का घटनामा परी ३ महिनामा १२३ जनाको मृत्यु


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पछिल्लो तीन महिनाको अविधिमा नेपालमा विपद्का घटनामा परी १२३ जनाको मृत्यु भएको छ । २०७९ वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा विपद्का घटनामा परी उनीहरूको मृत्यु भएको हो ।

पहिरो, बाढी, भारी वर्षा, चट्याङ, सर्पदंश, आगलागी, जङ्गल आगलागी, हावाहुरी र जनावरको आक्रमण लगायतका घटनामा परी उनीहरूको मृत्यु भएको गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार उक्त अवधिमा नेपालमा १ हजार ९८ वटा विपद्का घटना रेकर्ड भएका छन् । ती घटनामा ३०७ जना घाइते भएका छन् भने २ जना बेपत्ता छन् ।

बितेको तीन महिनामा विपद्का घटनामा परी १ हजार ४१८ परिवार प्रभावित भएको केन्द्रको तथ्याङ्कले देखाउँछ । विपद्का घटनाले सो अवधिमा ४६३ घरमा आंशिक र ३२५ घरमा पूर्ण क्षति गरेको छ ।

केन्द्रका अनुसार यस वर्ष विपद्का घटनामध्ये चट्याङ लागेर ५२, आगलागीका घटनामा परी २०, पहिरोमा पुरिएर १७, जनावरको आक्रमणमा परी १२, बाढीमा परी ३, भारी वर्षाका कारण ४, सर्पको टोकाइबाट ६ र हावाहुरीमा परी ९ जनाको मृत्यु भएको छ ।

२०७९ साल सुरु भएपछिको तीन महिनामा विपद्का घटनाले ६८ करोड ९८ लाख ८७ हजार ६६० रुपैयाँ बराबरको आर्थिक क्षति गरेको केन्द्रले जनाएको छ ।

केन्द्रको तथ्याङ्क अनुसार आगलागीका घटनाबाट ५७ करोड ७३ लाख ६२ हजार २६० रुपैयाँ, पहिरोबाट ४ करोड ८१ लाख ७८ हजार रुपैयाँ, बाढीबाट ५० लाख १९ हजार रुपैयाँ, भारी वर्षाबाट १ करोड २३ लाख ८९ हजार ८ सय रुपैयाँ, चट्याबाट २५ लाख ४२ हजार रुपैयाँ, जङ्गल आगलागीबाट १ करोड २३ लाख ८५ हजार रुपैयाँ, हावाहुरीबाट २ करोड ५४ लाख ११ हजार ८ सय रुपैयाँ र जनावर आतंकबाट १९ लाख ५६ हजार ५ सय रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ ।

गत वर्ष (२०७८ साल) विपद्का घटनामा परी देशभर ५०८ जनाको मृत्यु, ७६ जना बेपत्ता र १ हजार ७८३ जना घाइते भएका थिए । सो वर्ष ६ हजार १५५ परिवार प्रभावित भएका थिए । विपद्का घटनाले गत वर्ष २ अर्ब ६१ करोड ४० लाख ६७ हजार ५७४ रुपैयाँ बराबरको आर्थिक क्षति गरेको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १ : ११ बजे

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी