पाल्पामा ८७ प्रतिशत रोपाइँ « Khabarhub

पाल्पामा ८७ प्रतिशत रोपाइँ


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामपुर- पाल्पामा हालसम्म ८७ प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका बाली संरक्षण अधिकृत मिलन गैरेले बताए। उनका अनुसार तानसेन नगरपालिकामा ७५ प्रतिशत, रामपुर नगरपालिकामा ८० प्रतिशत धान रोपाइँ भएको छ ।

यस्तै गाउँपालिकातर्फ तिनाउँमा सतप्रतिशत, बगनासकालीमा ८०, रिब्दिकोटमा ८५, रैनादेवीछहरामा ९०, पूर्व खोलामा ९६, निस्दीमा ८५, माथागढीमा ९५ र रम्भामा ८० प्रतिशत जमिनमा धान रोपाइँ भएको छ । पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोलाखेतमा असार पहिलो हप्तादेखि नै धान रोपाइँ भएको छ । जिल्लामा असारको पहिलो हप्तादेखि नै रोपाइँको चहलपहल सुरु भएको हो । मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्न बाँकी छ ।

जिल्लामा करिब आठ हजार ६२० हेक्टर जमिनमा धान रोपाइँ हुँदै आएको छ । मनसुन चाँडै नै भित्रिएकाले यस वर्ष छिटो रोपाइँ सुरु भएको हो । जिल्लाको माडीफाँट, अर्गली, रामपुरफाँट, हुँगी, हेक्लाङ, पूर्वखोला, दोभानलगायत स्थल धान उत्पादकको मुख्य पकेट क्षेत्र हुन् ।

पछिल्लो समय गाउँगाउँमा कृषि यान्त्रीकरणको विकासले पनि रोपाइँ छिटोछरितो हुने गरेको छ । साबित्री, हाइब्रिड, रामधान, सावा मन्सुलीलगायत धानका जात जिल्लामा बढी चलनचल्तीमा छन् । रैथाने जात भने यहाँ हिजोआज कमै लगाउने गरिन्छ । उत्पादन बढी लिने उद्देश्यले कृषक उन्नत प्रविधिका धानमा आकर्षित हुन थालेका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  २ : ०० बजे

रसुवाका जिल्ला प्रमुखले भने- चीनले ताल फुटेको सूचना दिएको छ, नदी आसपासमा सुरक्षित रहनू

काठमाडौं– चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको

भोटेकोशीको बाढी स्याप्रुबेसीसम्म आइपुग्यो, त्रिशूली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

काठमाडौं – बाढी पूर्वानुमान महाशाखाले भोटेकोशी नदीमा आएको बाढी रसुवाको स्याप्रुबेसीसम्म आइपुगेको

चीनमा ताल फुटेको सूचना, रसुवामा सतर्कता अपनाउन आग्रह

काठमाडौं- चीनको छोचेन खोला र पुरेपु त्साङ्पो नदीको संगममा बनेको ठूलो

अमेरिका–जापानसँग कोरियाको सैन्य अभ्यास

एजेन्सी– उत्तर कोरियासँग संवाद पुनः सुरु गर्न खोजिरहेको अमेरिकाले दक्षिण

बाढीको जोखिमपछि तिब्बतमा उद्धार रोकियो

बेइजिङ– चीन–नेपाल सीमा क्षेत्रमा बाढीको जोखिम बढेपछि चीनले तिब्बतमा जारी