जापानमा सर्पका कारण १० हजार घरमा विद्युत प्रवाह अवरुद्ध « Khabarhub

जापानमा सर्पका कारण १० हजार घरमा विद्युत प्रवाह अवरुद्ध


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जापानका करिब १० हजार घरमा विद्युत प्रवाह अवरुद्ध भएको छ । विद्युतीय सबस्टेसनमा सर्प फसेपछि ठूलो संख्यामा मानिसहरू अन्धकारमा बस्न बाध्य भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका हुन् । सबस्टेसनमा फेसपछि सर्प जलेर मरेको थियो ।

न्युजविकका अनुसार जापानको फुकुसिमा प्रिफेक्चरका कोरियामा सहरका वासिन्दा केही दिनअघि लोडसेडिङको सामना गरेका थिए । सो दिन जापानमा अत्यधिक तापमान बढेको थियो ।

तोहोकु इलेक्ट्रिक पावर कम्पनीका अन्वेषकहरूले लोडसेडिङको कारण पत्ता लगाउन सफल भए । सवस्टेसनभित्र सर्पको अवशेष फेला परेका थियो ।

अनुसन्धानकर्ताहरूका अनुसार उनीहरूले घटनाबारे पत्ता लगाउँदा करेन्ट लागेको सर्प जलिरहेको अवस्थामा पाइएको थियो । जसका कारण धुवाँको मुस्लो निस्किएको थियो । त्यसपछि घटनास्थलमा ६ वटा दमकल र अग्नि नियन्त्रकलाई परिचालन गरिएको थियो ।

सुरक्षाका कारण तत्काल बिजुली आपूर्ति बन्द गरिएको थियो । १० हजार घरले प्रयोग गर्ने विद्युत प्रवाह पुनः सुरु हुन झन्डै एक घन्टा लागेको थियो ।

लोडसेडिङका कारण पंखा र एसी चलाउन नपाउँदा आफूले पसल बन्द गर्नुपरेको एक हजामले बताएका छन् । सर्पको समाचारले त्यहाँका बासिन्दाहरूमा पनि धेरै चासो जगाएको जापान टुडेले जनाएको छ ।

सर्पले सहरको बिजुली अस्तव्यस्त बनाउन कसरी सफल भयो भनेर धेरैले आश्चर्य व्यक्त गरेका थिए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : ४९ बजे

दुग्धजन्य उद्योगबाट आत्मनिर्भर बन्दै बछ्यौलीका ५० महिला

नारायणगढ– बछ्यौलीका महिलाले सामूहिक दूध विविधिकरण पसल सञ्चालनमा ल्याएका छन्

किसानको आयआर्जन बढाउन सत्यवतीमा पशुपालन प्रोत्साहन कार्यक्रम

गुल्मी– सत्यवती गाउँपालिकाले पालिकाभित्र गाईपालन गर्ने किसानलाई  प्रोत्साहन तथा अनुदान

बिजुलीको महसुल घटाउने ऊर्जा मन्त्रालयको तयारी

काठमाडौं– सरकारले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत्को आन्तरिक खपत बढाउने

विमल इलायचीको विज्ञापन विवादमा शाहरुख, अजय र टाइगर, एफडीएले माग्यो १५ दिनभित्र स्पष्टीकरण

मुम्बई– बलिउडका तीन ठूला स्टार शाहरुख खान, अजय देवगन र टाइगर

सूर्य थापालाई रोस्ट गरेपछि तनावमा कमेडियन, भन्छन् – धम्कीले कोठाबाहिर निस्किन सकिनँ

काठमाडौं – कमेडीका नाममा ठाडो रोस्ट गर्ने प्रवृतिलाई निरन्तरता दिँदै