एनआरएनएद्वारा शंखमूल पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न | Khabarhub Khabarhub

एनआरएनएद्वारा शंखमूल पार्कमा सरसफाइ कार्यक्रम सम्पन्न


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गैरआवासीय नेपाली संघ (एनआरएनए) ले निर्माण गरेको ललितपुर स्थित शंखमूल पार्कमा आज सरसफाइ  कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा पूर्व मुख्यसचिव लीलामणि पौड्याल, ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जन, गैरआवासीय नेपाली संङ्घका कार्यकारी अध्यक्ष कुल आचार्य, अध्यक्ष बद्री केसी लगायतको उपस्थिति रहेको थियो ।

सरसफाइ पश्चात् शुभकामना मन्तव्य दिँदै अध्यक्ष डा बद्री केसीले ललितपुरबासीप्रति आभार प्रकट गरेका थिए ।

ललितपुर महानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष राजु महर्जनले विगत तीन वर्षदेखि गैरआवासीय नेपाली संघले बनाएको पार्कको संरक्षणको जिम्मा वडा नम्बर ९ ले गर्दै आएको र आफ्नो स्रोत साधनले भ्याएसम्म संरक्षण गरिरहने प्रतिबद्धता जनाए ।

कार्यक्रममा बोल्दै उनले शंखमूल पार्क स्तरोन्तिका साथै शौचालयको लागि महानगरपालिकाबाट दुई करोड बजेट पास भइसकेको जानकारी दिएका थिए ।

पूर्व मुख्यसचिव लिलामणी पौड्यालले पार्क बनाउन सहयोग गर्ने गैरआवासीय नेपाली संङ्घका पदाधिकारीलाई धन्यवाद दिएका थिए ।

गैरआवासीय नेपाली संघले तत्कालीन उपाध्यक्ष कुल आचार्यको संयोजकत्वमा करिब ३२ रोपनी जग्गामा निर्माण गरेको उक्त पार्क ३ करोड २ लाख ५९ हजार १५५ रुपैयाँमा निर्माण भएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ३ : ५१ बजे

प्रि ओपन सेसन : नेप्सेमा साढे २ अंकको वृद्धि

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

दाउन्ने–दुम्कीवास सडकको वैकल्पिक मार्ग पनि अवरुद्ध

नवलपरासी– बुटवल–नारायणगढ सडकअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) को दुम्कीवास क्षेत्रको वैकल्पिक

‘सङ्घ र प्रदेश सरकारको बजेटले पञ्चायतको झल्को दिएको छ’

काठमाडौँ – गएको जेठ १५ गते सङ्घीय सरकार र असार

वीरगञ्ज नाकाबाट ५९ हजार बढी इन्धन सवारी भित्रिए

वीरगञ्ज– वीरगञ्ज नाका हुँदै चालु आर्थिक वर्षको ११ महिनामा १५

‘कृषिको उत्पादकत्व बढाउन बाँदर नियन्त्रण जरुरी’

बागलुङ– बागलुङको जैमिनी नगरपालकाले तीन वर्षदेखि चर्चामा सीमित भएको बाँदर