युक्रेनी इन्जिनियरले बनाए आधा पांग्रे साइकल, दौडने मात्र नभइ अवरोध समेत छिचोल्न सक्ने दाबी (भिडियो) | Khabarhub Khabarhub

युक्रेनी इन्जिनियरले बनाए आधा पांग्रे साइकल, दौडने मात्र नभइ अवरोध समेत छिचोल्न सक्ने दाबी (भिडियो)


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साइकलले आधुनिक विश्व संस्कृतिमा बेग्लै छाप छाड्न सफल भएको छ । आजकल बजारमा विद्युतीय साइकल समेत देखा पर्दै आएका छन् । मानिसहरु स्वास्थ्य रहन र यताउति जान साइकलको प्रयोग गर्ने गरेका छन् ।

साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ ।

युट्युब, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा ‘द क्यु’ नामक अकाउन्ट चलाउने युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् ।

तर, उनको पछिल्लो आविष्कारले उनलाई चर्चित बनाएको छ । यो विचित्रको साइकलमा अगाडि पूरै तर पछाडिको दुई वटा आधा पांग्रा छन् र तिनीहरूले अगाडिकोले जस्तै काम गर्छन् ।

यो साइकलका दुई आधा पांग्र सही तरिकाले प्रयोग गर्दा एउटा पूर्ण पांग्राले जस्तै राम्रो काम गर्छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर, वास्तविकता यही हो ।

गोर्डिएभका अनुसार यो साइकलले अन्यले जस्तै राम्रो काम गर्छ । ‘यसरी नै सरल गणितले काम गर्छ । ०.५+०.५=१ ।’ युट्युबमा उनले सार्वजनिक गरेको भिडियोको डिस्क्रिप्सनमा उल्लेख छ ।

साइकल समतल सतहमा राम्रोसँग दौडने मात्र होइन यसले झन्झट र अवरोध छिचोल्न सक्ने गोर्डिएभ बताउँछन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : ३७ बजे

क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकियो

काठमाडौं –क्रिकेटर सन्दीप लामिछानेविरुद्ध दायर भएको जबर्जस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ

सेयर बजारमा ९.५४ अंकको गिरावट 

काठमाडौं– बुधबार भएको शेयर कारोबारमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ९.५४

गगनबारे केपी ओली : सहकारी प्रकरण उचालेर संसद्‍मा उदण्डता देखाए, जथाभावी बोले

काठमाडौं- प्रमुख सत्तारूढ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सहकारी

उपप्रधानमन्त्री लामिछाने र स्विडेनका राजदूत थेलेफबीच भेटवार्ता

काठमाडौं– उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्विडेनका राजदूत

गिरीबन्धु टि-स्टेटबारे ओली : कांग्रेसले ७० बिघा बेचेर कमिशन खायो, हामीले कानुन बनायौँ

काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरूबारे बोल्दा विचार