युक्रेनी इन्जिनियरले बनाए आधा पांग्रे साइकल, दौडने मात्र नभइ अवरोध समेत छिचोल्न सक्ने दाबी (भिडियो) « Khabarhub

युक्रेनी इन्जिनियरले बनाए आधा पांग्रे साइकल, दौडने मात्र नभइ अवरोध समेत छिचोल्न सक्ने दाबी (भिडियो)


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- साइकलले आधुनिक विश्व संस्कृतिमा बेग्लै छाप छाड्न सफल भएको छ । आजकल बजारमा विद्युतीय साइकल समेत देखा पर्दै आएका छन् । मानिसहरु स्वास्थ्य रहन र यताउति जान साइकलको प्रयोग गर्ने गरेका छन् ।

साइकलको कुरा गर्दा पांग्रा अत्यावश्यक छन् भन्ने तपाइँलाई लाग्न सक्छ । तर, एकजना इन्जिनियरको हालैको आविष्कारले दुई वटा आधा पांग्राले पनि एउटै पूरै पांग्राले जत्तिकै राम्रो काम गर्छ भनेर देखाएको छ ।

युट्युब, इन्स्टाग्राम लगायत सामाजिक सञ्जालमा ‘द क्यु’ नामक अकाउन्ट चलाउने युक्रेनी इन्जिनियर तथा युट्युबर सर्गी गोर्डिएभ असाधारण, चेनलेस बाइक र आइस बाइकलगायत आफ्ना सरल आविष्कारहरूका लागि परिचित छन् ।

तर, उनको पछिल्लो आविष्कारले उनलाई चर्चित बनाएको छ । यो विचित्रको साइकलमा अगाडि पूरै तर पछाडिको दुई वटा आधा पांग्रा छन् र तिनीहरूले अगाडिकोले जस्तै काम गर्छन् ।

यो साइकलका दुई आधा पांग्र सही तरिकाले प्रयोग गर्दा एउटा पूर्ण पांग्राले जस्तै राम्रो काम गर्छ भन्दा जोकोहीलाई अचम्म लाग्न सक्छ । तर, वास्तविकता यही हो ।

गोर्डिएभका अनुसार यो साइकलले अन्यले जस्तै राम्रो काम गर्छ । ‘यसरी नै सरल गणितले काम गर्छ । ०.५+०.५=१ ।’ युट्युबमा उनले सार्वजनिक गरेको भिडियोको डिस्क्रिप्सनमा उल्लेख छ ।

साइकल समतल सतहमा राम्रोसँग दौडने मात्र होइन यसले झन्झट र अवरोध छिचोल्न सक्ने गोर्डिएभ बताउँछन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ५ : ३७ बजे

चिनियाँ एजेन्ट बनेको आरोपमा अमेरिकी पत्रकारलाई जेल सजाय

एजेन्सी– चिनियाँ सरकारका लागि अमेरिकाभित्र गैरकानूनी रूपमा विदेशी एजेन्टका रूपमा

बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको नेटवर्क पुनः सञ्चालन

काठमाडौं– नेपाल टेलिकमले बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङका सबै

भोटेकोशी बाढीमा फसेका ६ जनाको उद्धार, लाङटाङको टनेलमा १५० मिटरभित्र छिरेर खोज्दै उद्धारकर्मी

काठमाडौं– भदौ १० गतेको बाढीपहिरो प्रभावित क्षेत्रमा नेपाली सेनाले खोज

उद्धारमा खटिएका चिनियाँ विज्ञ भन्छन् : अन्यभन्दा नेपालको विपद् निकै गम्भीर, गेग्रान भरिएको सुरुङमा छिर्नै कठिन

काठमाडौं- नेपालका सीमावर्ती क्षेत्रमा गएको विनाशकारी बाढीपहिरोपछि चीनले उद्धार तथा

कुलमान-प्रधानमन्त्री भेट : २३५ मेगावाटका जलविद्युत् आयोजना छिटो सञ्चालनका विषयमा छलफल

काठमाडौं – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग