श्रीलंकाविरुद्धको टेस्टमा पाकिस्तानका आजमको शतक, श्रीलंका ४० रनले अगाडि « Khabarhub

श्रीलंकाविरुद्धको टेस्टमा पाकिस्तानका आजमको शतक, श्रीलंका ४० रनले अगाडि


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पाकिस्तानी ब्याटर बाबर आजमले श्रीलंकाविरुद्ध शतक प्रहार गरेका छन् । श्रीलंकाको गल्लेमा जारी पहिलो टेस्टमा आजमले शतक प्रहार गरेका हुन् । उनको यो सातौँ टेस्ट शतक हो । खेलको दोस्रो दिनमा ११९ रनमा आउट हुँदा उनले २ सय ४४ बल खेलेका थिए ।

शतकीय इनिङ्ग्समा उनले ११ चौका र २ छक्का प्रहार गरे । उनलाई श्रीलंकाका महीश थिकशानाले एलबीडब्लु आउट गरेका थिए ।

यसअघि पहिलो इनिङ्ग्समा श्रीलंकाले २२२ रनको योगफल तयार पारेको थियो । जवाफी ब्याटिङमा उत्रेको पाकिस्तानले आजमको शतकसँगै २१८ रन बनाउन सफल भएको थियो । पाकिस्तानले २१८ रन बनाउँदा सबै विकेट गमाएपछि श्रीलंकाले ४ रनको अग्रता कायम गरेको थियो ।

पाकिस्तानी इनिङ्ग्स सकिएसँगै ब्याटिङ गरेको श्रीलंकाले दोस्रो दिनको खेल सकिँदासम्म १ विकेट गुमाएर ३६ रन बनाएको छ । यससँगै श्रीलंकाले ४० रनको अग्रता कायम गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : २३ बजे

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज

बाढीपहिरोका कारण सडक पूर्वाधारमा क्षति

बागलुङ– बागलुङमा बाढी, पहिरोका कारण ठूलो जनधनको क्षति भएको छ