मिनीट्रक दुर्घटनामा दुई जनाको मृत्यु « Khabarhub

मिनीट्रक दुर्घटनामा दुई जनाको मृत्यु


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिशुली –नुवाकोटमा आज भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । ककनी गाउँपालिका–१ मा मिनीट्रक दुर्घटना हुँदा एक महिला र लिखु गाउँपालिका–६ मा भएको मोटरसाइकल दुर्घटनामा एक पुरुषको मृत्यु भएको हो ।

जिल्लाको ककनी गाउँपालिका–१ स्थित महालक्ष्मी थानमा आज भएको मिनीट्रक दुर्घटना हुँदा सोही स्थानकी वसन्ती बलामीको मृत्यु भएको छ । ओखरपौवाबाट तरकारी लिएर काठमाडौँ जान लागेको बा ४ ख ३७२८ नम्बरको मिनीट्रक अनियन्त्रित भएर सडकबाट २० मिटर तल खस्दा ३२ वर्षीया बलामीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी उपरीक्षक) रामप्रकाश शाहले जानकारी दिए ।

उनका अनुसार मिनीट्रकमा यात्रा गरिरहेका अन्य पाँच घाइते भएकाले उपचारका लागि काठमाडौँ पठाइएको छ । दुर्घटनापश्चात मिनीट्रकका चालक फरार भएकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।

लिखु गाउँपालिका–६ मा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा सोही स्थानका २९ वर्षीय करण केसीको मृत्यु भएको नुवाकोटका प्रहरी प्रमुख शाहले जानकारी दिए। उनका अनुसार छहरे बजारबाट घरतर्फ जाँदै गरेका केसीले चलाएको ना ६२ प ९५२१ नं को मोटरसाइकल मध्यपहाडी सडक मार्गको छारेस्थित सडकछेउको विद्युतीय खम्बामा ठोक्किँदा घाइते अवस्थामा उद्धार गरेर उपचारका लागि अस्पताल लगिएको थियो । उनको छहरे बजारमा रहेको सेवा सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : २५ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने