१०८ छात्रछात्रालाई राष्ट्रिय सेवा दल तालिम « Khabarhub

१०८ छात्रछात्रालाई राष्ट्रिय सेवा दल तालिम


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भैरहवा- राष्ट्रिय सेवा दलको सि.स. ४८ जुनियर डिभिजन एनसिसि प्रशिक्षण रुपन्देहीमा सुरु भएको छ । अनुशासन नै राष्ट्र सेवाको मूल जग हो भन्ने आदर्श बाक्य रहेको दल २०२४ फागुन २४ मा स्थापना भएको हो ।

रुपन्देहीका तीन विद्यालयका ५४ छात्र र ५४ छात्रा गरी १०८ छात्रछात्रा यो तालिममा सहभागी भएको गरुण दल गण रुपन्देही बुटवलका गणपति रामकृष्ण श्रेष्ठले बताए । रुपन्देहीको सैनामैनाको श्री सैनामैना पर्रोहा परमेश्वर माबि, तिलोत्तमाको मणिग्राम स्थित श्री शान्ति नमुना माबि तथा भैरहवाको बृहष्पति माबिका छात्रछात्रा तालिममा सहभागी रहेका छन् ।

तालिममा रहेका तीन वटै विद्यालयका छात्रछात्रालाई उनीहरू अध्ययन रहेकै विद्यालयमा संस्थागत तालिम दिइनेछ । तालिम अवधि १ सय दिनको हुने र त्यसमा ७९ दिन संस्थागत तालिम र २१ दिन सामुहिक क्याम्प सञ्चालन हुने श्रेष्ठले उल्लेख गरे । तालिममा छात्रछात्राहरूलाई एफसी,बिसी, म्याप रिडिंग, विपद व्यवस्थापन, ड्रिल, तेक्वान्दो खेल, साथै एरोबिक्सहरुको सैद्धान्तिक र व्यवहारिक ज्ञान दिइने गणपति श्रेष्ठले बताए ।

तालिम पुरा भए पछि आम नागरिकलाई सहयोग पुर्‍याउने उद्धेश्यले नै राष्ट्रिय सेवा दल एनसिसि गठन भएको र अनुशासित नागरिक बनाउन मद्दत पुग्ने, देशमा प्राकृतिक बिपद तथा संकट तथा उद्धारमा सहयोग हुने श्रेष्ठको भनाई छ । बृहष्पति विद्यालयमा भएको तालिमको उदघाटन समारोहमा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी भरत मणि पाण्डेले अहिले अनुशासनको कमि समाजमा देखिएको भन्दै समाजलाई अनुशासित बनाउन तालिमले मद्दत पुर्‍याउने र कुनै प्राकृतिक विपत्ति पर्दा उद्धारका लागि सहयोग हुने खालको यो तालिममा लगाव राखी सिक्नु पर्ने बताए ।

तालिममा बृहष्पति माबिका बद्रि बिशाल गुप्ता,  लगायतले मन्तब्य राख्दै यो तालिम अतिनै महत्वपुर्ण रहेको र अनुशासित तथा सहयोगी भावनाकाृे  बनाउन मद्दत पुग्ने बताए । कार्यक्रममा रुपन्देही प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, रुपन्देही शशस्त्र प्रहरीका प्रमुख तथा प्रहरी उपरिक्षक गगन श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभाग रुपन्देहीका प्रमुख यादब, डिफेन्स रिपोर्टर मनोरञ्जन शर्मा लगायतको उपस्थिती थियो । कार्यक्रमको संचालन उप सेनानी मेरीसा बिष्टले गर्नु गरेकी थिईन् ।

राष्ट्रिय सेवा दलले २०७० साल सम्म ५ सय। ५ सय छात्रछात्रा गरी १ हजार जना तथा ०७१/७२ मा ६ सय जना , २०७२/७३ मा २००० जना, ७३/७४ मा ४ हजार जना, ७६/७७ मा ७७ सय जना र ०७८/७९मा ७७ सय गरी जम्मा ७९ हजार ३२ जना देशैभरका  छात्रछात्रालाई तालिम दिई दिक्षान्त गरीसकेको गरुणदल गणका जेष्ठ सेनानी सुरज रिमालले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : ४६ बजे

पैसा नभएकै कारण गर्भवतीलाई अस्पतालबाट फर्काइएको घटनाले बुबाको सम्झना आयो : सांसद अधिकारी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद लिमा अधिकारीले सप्तरीमा पैसाको अभावमा गर्भवती

प्रधानमन्त्री शाह र न्युजील्याण्डका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता

 काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र न्युजील्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच टेलिफोन वार्ता

पाठ्यक्रम परिमार्जन : पाठ्यभार घटाउनदेखि एआई समेट्नेसम्म सुझाव

भक्तपुर –राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सातै प्रदेशमा आयोजित

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

दमौली- बन्दीपुरस्थित राष्ट्रिय बाख्रा अनुसन्धान केन्द्रले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न

बाढीपीडितको स्वास्थ्य उपचारका लागि डेढ करोड सहयोग

काठमाडौं- भोटेकोशी बाढीबाट प्रभावितको स्वास्थ्य उपचार तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनका