लमजुङमा ८१ प्रतिशत रोपाइँ « Khabarhub

लमजुङमा ८१ प्रतिशत रोपाइँ


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ- लमजुङमा हालसम्म ८१  प्रतिशत क्षेत्रफलमा रोपाइँ भएको छ । अघिल्ला वर्षको तुलनामा यस वर्ष छिटो रोपाइँ भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।

जिल्लाको सबैजसो ठाउँमा धान रोपाइँ अन्तिम चरणमा पुगेको उक्त केन्द्रका प्रमुख सुदिप खतिवडाले बताए । लमजुङमा बर्खे र चैतेधान गरी १३ हजार दुई सय ५० हेक्टरमा धान खेती गरिन्छ । जिल्लाको खेतीयोग्य जमिनमा यतिबेला बर्खेधान रोप्ने काम भइरहेको छ ।

लमजुङमा पानीको पर्याप्त सुविधा भएका जमिन तथा खोला खेतमा जेठ अन्तिम हप्तादेखि नै धान रोपाइँ  सुरु भएको थियो  । मकैबाली लगाइएका र आकाशे पानीको भरमा मात्रै खेती गरिने टारी खेतमा भने धान रोप्‍न बाँकी छ ।

मनसुन छिट्टै भित्रिएको र प्रशस्त पानीको सुविधा भएकाले यस वर्ष लमजुङमा धान रोपाइँ  चाँडै सुरु गरिएको थियो ।  लमजुङको ठूला–ठूला फाँटहरू राइनासटार, धमिलिकुवा, रामचोकबेँसी, भलाखर्क, चक्रतीर्थ, भोर्लेटार, दुईपिप्ले, सोतीपसल, सुन्दरबजार, परेवाडाँडा, सत्रसयलगायतका स्थानमा मकै पाकेसँगै धान रोपाइँ  भइरहेको छ ।

लमजुङका किसानले रामधान, सुनौलो सुगन्ध, सुख्या– २, सावित्री, जेठोबुढो, एक्ले, लोकतन्त्रलगायतको उन्नत जातको धानका साथै लोकनाथ, गोरखनाथ, युएस ३१२, मकवानपुर, बर्खे ३००४, मनसुलीलगायतको हाइब्रिड जातको धान लगाउँदै आएका छन् ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ६ : ४७ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने