दुई क्विन्टल ५० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ « Khabarhub

दुई क्विन्टल ५० किलो गाँजासहित तीन भारतीय नागरिक पक्राउ


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्साको वीरगञ्ज महानगरपालिका–२५ सिर्सिया सडकखण्डबाट प्रहरीले भारतीय ट्रक जाँच क्रममा दुई क्विन्टल ५० किलो प्रतिबन्धित लागुऔषध गाँजासहित तीन भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

प्रहरीले एन एल ०२ जी ३७९१ नम्बरको भारतीय ट्रकलाई रोकी जाँच गर्दा ट्रकको चालक बस्ने क्याबिनमा लुकाइछिपाई राखेको अवस्थामा २५ पोका (जम्मा दुई क्विन्टल ५० किलो) गाँजा बरामद गरेको गरिएको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए ।

सो क्रममा ट्रकमा सवार भारत बिहार मोतिहारी थाना सुगौली–१९ का साहेव आलम, बिहार, पूर्वी चम्पारण थाना रामगढवा–२ का गुलाब मियाँ र एक जना १७ वर्षका किशोरलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रवक्ता प्रह्लाद कार्कीले जानकारी दिए ।

गाँजासहित पक्राउ परेका तीनै जनालाई लागुऔषधसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको कार्कीले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  १० : १८ बजे

मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर यस्तो छ

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज मंगलबार, भगवान गणेशको पूजा गर्नुहोस्

आज २०८३ साल असोज २० गते मंगलबार सन् २०२६ अक्टोबर

आज २०८३ साल असोज २० गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २० गते मंगलबार सन् २०२६

देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा दुई जनाको मृत्यु

दाङ – देउखुरीमा बस र अटो एकापसमा ठोकिँदा भएको दुर्घटनामा

भिरबाट खसेर एक जनाको मृत्यु

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपालिका-६ नाइचेमा निर्माणाधीन ४० दशमलव २७