विश्वविद्यालयमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गरौँ : मन्त्री पौडेल « Khabarhub

विश्वविद्यालयमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गरौँ : मन्त्री पौडेल


१ श्रावण २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विश्वविद्यालयहरुमा गरिने तालाबन्दी सधैँका लागि अन्त्य गर्नुपर्ने बताएका छन् ।

पोखरा विश्वविद्यालयको रजत जयन्ती समारोह एवं स्थापना दिवसका अवसरमा आज पोखरामा आयोजित कार्यक्रममा उनले विश्वविद्यालयमा विभिन्न माग राखेर गरिने तालाबन्दीबाट शैक्षिक विकासमा अवरोध आउने भएकाले सोको अन्त्य गर्नुको विकल्प नभएको बताए ।

उनले भने, “विश्वविद्यालयमा आफ्ना माग राख्दै तालाबन्दी गर्ने प्रचलन छ, यसबाट विद्यार्थी एवं विश्वविद्यालयको उन्नयन र विकासमा असर पर्छ, त्यसलाई वार्तामार्फत समाधान खोज्नुपर्दछ ।”

उच्च शिक्षाको स्तरबाट नै मुलुकको राजनीतिक र आर्थिक अवस्थाको पहिचान हुने भएकाले विश्वविद्यालय सुधारका लागि नेतृत्वकर्ताले सङ्कल्प गर्नुपर्नेमा उनले जोड दिए । मन्त्री पौडेलले देशका ११ वटा विश्वविद्यालयलाई नियमन गर्न एकीकृत छाता ऐनको तयारी भइरहेको समेत जानकारी दिए ।

उच्च शिक्षाका नाममा विदेश गएका विद्यार्थीमध्ये ९१ प्रतिशत विद्यार्थी रोजगारीका लागि त्यहाँ पुगेको उल्लेख गर्दै मन्त्री पौडेलले विश्वविद्यालयबाट उत्पादित जनशक्तिलाई रोजगारसँग जोड्न सके विदेश जाने प्रवृत्तिलाई कम गर्न सकिने औँल्याए ।

साथै उनले प्रादेशिक राष्ट्रिय योजना आयोगसँग समन्वय र सहकार्य गर्दै गण्डकी प्रदेशको विकासमा आवश्यक पर्ने जनशक्तिको प्रक्षेपण गरी दक्ष जनशक्ति उत्पादन गर्ने गरी शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिए ।

उनले शिक्षक तथा प्राध्यापकहरुले दार्शनिक, सैद्धान्तिक तथा राजनीतिक विचारधाराहरुलाई विश्वविद्यालय तथा उच्च शिक्षाको नीतिगत, संरचनागत र गुणस्तर सुधारका लागि सिर्जनात्मक बहसमा ल्याउनुपर्ने विद्यामान अवस्था रहेको बताए ।

कार्यक्रममा विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्याल, पूर्वउपकुलपतिहरु प्राडा केशरजङ्ग बराल, प्राडा खगेन्द्रप्रसाद भट्टराई, प्राडा चिरञ्जीवीप्रसाद शर्मा, नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष आनन्दराज मुल्मी, शिक्षासेवी अशोक पालिखे, पोखरा विश्वविद्यालयका पूर्वरजिष्ट्रार प्रकाशमान गुभाजु, विश्वविद्यालयका रजिष्ट्रार डा दीपकबहादुर भण्डारीलगायतले यस क्षेत्रको शैक्षिक विकासमा विश्वविद्यालयले उल्लेखनीय योगदान गरेको चर्चा गरे ।

कार्यक्रममा विश्वविद्यालयले प्रकाशन गरेको स्मारिका विमोचन गरिएको थियो । कार्यक्रममा पूर्वउपकुलपतिहरु, रजिष्ट्रार र विश्वविद्यालय स्थापनामा सहयोग गर्ने व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ११ : ०५ बजे

रुकुमपश्चिममा जिप दुर्घटनामा १२ घाइते

रुकुमपश्चिम – रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा आज साँझ भएको जिप दुर्घटनामा

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३

संसद रोकेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक कदम हो : आङ्देम्बे

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले संसदको

चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना

चितवन – चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले निकुञ्जको मध्यवर्ती क्षेत्रभित्र भएका