‘नेताहरुलाई यो अन्तिम मौका हो, चाँडै चेत खुलोस्’ « Khabarhub

‘नेताहरुलाई यो अन्तिम मौका हो, चाँडै चेत खुलोस्’

‘आदर्श बोकेको राजनीति अब टर्च बालेर खोज्नु पर्ने भयो’



काठमाडौँ-नेपाली कांग्रेस आफैभित्र विभिन्न विवाद विवादमा रुमल्लिएको छ । कांग्रेसभित्रकै संगठन बलियो बन्न सकेको छैन । गुट उपगुटले एउटा प्रश्रय पाएको छ । कांग्रेसभित्रको झांगिदो गुटका कारण कतिपयले पार्टी विभाजन हुन सक्ने चिन्ता व्यक्त गर्न थालेका छन् । मंसिरमा हुने चुनावको तालमेल, सबै कम्युनिष्टलाई मिलाएर लान सक्ने क्षमता र यसको औचित्यमाथि कांग्रेसभित्रैका नेताहरुको बुझाई कस्तो छ ? यी र यस्तै विषयमा नेपाली कांग्रेसका नेता तथा भारतका लागि पूर्व नेपाली राजदूत दीपकुमार उपाध्यायसँग खबरहबका लागि चन्द्रकान्त न्यौपानेले गरेको कुराकानीको सम्पादित अंशः

चुनावको माहोल तातेको बेला तपाईले कसरी हेर्दै हुनुहुन्छ, चुनावी रस्साकस्सीलाई ?
आ–आफ्नो सोचाई हो । समयको अगाडी कसैको केही चल्दैन । शक्तिशाली नेताहरूले यसो त्यसो भन्छन् । तर त्यसो हुँदैन । त्यसैले हामी त्यति धेरै आसक्त नै भनेर यही भनेर लागेको छैन । गठबन्धन भनेको छन् । तर यसको रूप के हुने हो लक्ष्य, परिणाम के हो भन्ने चिन्ता छ । अर्काे मेरो क्षेत्रमा अघिल्लो पटक नेकपा माओवादी केन्द्र र एमाले मिलेर लड्दा थोरै मतले म पराजित भएको थिएँ । त्यसमा काँग्रेसका असन्तुष्ट्रहरुको पनि ठुलो भूमिका थियो । अहिले निर्वाचन पनि जिल्लामा नै बसेको छु । जिल्लाबाट अत्यन्तै कार्यकर्ता, आम जनताहरूको दबाब छ । २०२५ साल देखि निरन्तर चुनाव लडेको हारे पनि जिते पनि मूल्यमान्यता र नैतिकता, इमानको ख्याल गरेर आजीवन अगाडि बढैको मान्छे हो म ।

बहुदलपछि लगातार चुनाव लडिरहनु भएको छ, अब विश्राम लिने, अरुलाई पालो दिउँ भन्ने लाग्दैन र ?
म आध्यात्मिक चिन्तनमा नै रमाउँछु । यसपाली मैले पार्टीको निर्वाचनमा पनि भाग लिइन । किनभने हामी ७० कटेको मान्छे हटेर युवालाई ठाउँ दिनु पर्दछ । आदर्श मूल्य मान्यताको राजनीति अब टर्च बालेर खोज्नु पर्ने भयो । कांग्रेस भन्दा त को होस भन्ने अवस्था आईसक्यो । अब युवाको पालो हो । युवाहरुलाई अवसर दिनुपर्छ ।

तपाईंको चुनावी क्षेत्रमा गठबन्धनले गर्दा सकस होला जस्तो छ नि ?
पहिला छ २०७४ मा निर्वाचन क्षेत्र न. १ माओवादीले जित्यो त्यो ठाउँमा पहिलो अधिकार माओवादीको हो । जितेको नाताले तर कसरी जित्यो त्योमा पनि भर गर्दछ । चुनाव जित्नको लागि पार्टीको निर्णयले मात्र त जितिँदैन । तर कार्यकर्ता र जनताको महत्वपूर्ण भूमिका छ । त्यसैले मलाई यो हुनै पर्दछ भन्ने छैन । कसैको मन दुखाएर अरू जस्तो विद्रोह गरेर जान सकिँदैन । जबसम्म जनतासामु बस्छु सेवा गर्छु भनेर आएको हुँ म ।

तपाईंले यसपटक पनि टिकट पाउनु भयो भने जिल्लाको विकासमा के एजेन्डा छन् ?
शिक्षा र स्वास्थ्यमा केही विकास गर्न मन छ । रोजगारी बढाउने, विदेश नै जाने मान्छेहरूमा पनि सुरक्षाका साथ धेरै कमाउने गरी पठाउने योजना छ ।

सत्ता गठबन्धन र कांग्रेसको भूमिकाप्रति तपाईको धारणा के छ ?
यतार्थ र सत्यता पूर्वक योजना गरेर जानु पर्दछ । केपी ओलीले दम्भ नदेखाएर आफ्नो पार्टीलाई राम्रोसँग सन्तुलनमा राखेर सञ्चालन गरेको भए पाँच वर्ष उहाँहरूले शासन गर्ने र परिणाम गर्ने दिने हो । राम्रो नराम्रो जे भए पनि त्यसको आधारमा पो निर्वाचनमा योजनाहरू बन्थे । तर त्यो गर्नु भएन । सुशासनको कुरामा प्रस्ट हुनु पर्यो । त्यसको लागि यो गठबन्धनले ५ वर्षको मार्गचित्र बनाएर जान्छ भने राम्रो होला । नभए त्यसले जताततै अश्लीलता ल्याउँछ । त्यसलाई कसरी म्यानेज गर्ने ? त्यसको लागि प्रतिपक्षको रणनीति त आफ्नो पार्टीको सुरक्षा गरे पनि प्रश्न गर्ने कोही छैन ।

यसमा पार्टी स्भापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको रणनीति तथा भूमिकाप्रति तपाईंको टिप्पणी के छ ?
गठबन्धनको उम्मेदवार हराउन सके आफू जित्ने । नभए जसले जित्छ, त्यसलाई सहयोग गर्ने उहाँको रणनीति हो ।

शेखर कोइराला पक्षले ४० प्रतिशत हिस्सा माग गरेपछि कांग्रेस फूटतर्फ अग्रसर भएको हो ? भन्ने प्रश्न पनि उठ्न थालेको छ । यसले चुनावमा कांग्रेसलाई धक्का दिन्छ होला नि त ?
म विशुद्ध कांग्रेस हो । कुनै पक्षमा हैन । दुवै पक्षको कमजोरी छ । शेर बहादुरको पनि यो अन्तिम अवसर हो । एउटा अभिभावकत्व भूमिका राखेर समग्र कांग्रेसलाई मिलाउने हो भने यो गुटको कुरा आउँदैनथ्यो । नैतिकता मूल्य मान्यताको विनियोजनले गरेर सबै पार्टी आफ्नै कारणले टुटेका छन् । हाम्रो निर्णय कसरी नमान्ने जनताले कार्यकर्ताले भन्ने हो भने त्यो चल्ने वाला छैन । जनताले आफ्नो इच्छाले मत हाल्न सकुन् । नेताहरूमा चाँडो चेतना आओस् । यो अन्तिम मौका हो ।

देउवा सरकारको एक वर्षलाई तपाईंले कसरी समीक्षा गर्नु भएको छ ?
गठबन्धनको सरकार हो । यसको आफ्नै नीतिहरू छन् । सुरक्षा नीति र परराष्ट्र नीतिहरूमा हामीले पनि सिन गर्न थाल्यौ भने अन्तर्राष्ट्रिय राजनीतिमा धेरै किसिमको तरलता संवेदनशीलताका कारण एउटा द्वन्द्वको आधारमा नेपाल पर्न सक्छ । त्यसको लागि जसमा दक्षता क्षमता भएका व्यक्तिहरू राखेर छलफल गर्नु पर्दछ । यसमा विदेशीहरूलाई दोष दिनु हुँदैन । किनभने आफुले पानी धमिलो बनाए पछि माछा मार्न जो पनि आउँछ । यो अपरिपक्व कूटनीतिको प्रभाव हो । यसलाई अब सच्याउनु पर्दछ भन्छौ । आचार संहिता त बनेको छ । तर कार्यान्वयन भएको छैन । कूटनीति त सबै नेताहरूको लागि सबै हुनु पर्ने हो । तर त्यो फरक फरक भयो ।

नेपाली नेताहरु प्राय चुनावका लागि विदेश जाने क्रम बढ्छ नि ? यो भनेको विदेशीको स्वार्थमा नेताहरु चुनाव लड्ने र एजेन्डा बनाउने गर्छन् हो ?
नेताहरू कोही उपचारको लागि जान्छन् । त्यसलाई त्यसरी लिनु हुँदैन । मूल कुरो भनेको आफूमा आफू स्पष्ट हुनु पर्यो । सार्वजनिक हुनु पर्याे । नभए त्यसको सजाय भोग्नु पर्दछ । जनताले दिन्छन् ।

(प्रस्तुती : पुष्पाञ्जली बस्नेत)

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ४ : ०४ बजे

रोमाञ्चक खेलमा नामिबियासँग नेपाल तीन रनले पराजित

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क

कांग्रेस क्रियाशील सदस्यता नवीकरणको अन्तिम मिति साउन १४ गते

काठमाडौँ । नेपाली कांग्रेसले नयाँ क्रियाशील सदस्यता नवीकरण गर्ने अन्तिम

एसओएस बालग्रामका कर्मचारी सवार जीप दुर्घटना : चालकको मृत्यु, पाँचजना घाइते

काठमाडौं । एसओएस बालग्रामका कर्मचारी सवार जीप ललितपुरमा दुर्घटना भएको

पछिल्लो एक घण्टामा स्याङ्जाको पञ्चमुलमा सबैभन्दा धेरै वर्षा

काठमाडौं – देशका विभिन्न स्थानमा वर्षा भइरहेको बीच पछिल्लो एक

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

सुदूरपश्चिम – सरकारी वार्ता टोली र कैलालीको धनगढीमा विगत पाँच