द्वन्द्वपीडित नन्दराजले पाएनन् राहत « Khabarhub

  द्वन्द्वपीडित नन्दराजले पाएनन् राहत


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका नन्दराज बडू द्वन्द्वपीडित हुन् । उनी तत्कालीन विद्रोही पक्ष नेकपा माओवादीमा संलग्न भएकाले उनका बुबालाई बेपत्ता पारियो । बुबाको अवस्था अझै आज्ञात छ । 

२० वर्षअघि २०५९ सालमा व्यक्तिगत कामका लागि बैतडीबाट कञ्चनपुर जाँदै गरेका उनका बुबा गंगादत्त बडू बाटोबाटै बेपत्ता भए । द्वन्द्वका कारण बुबा गुमाएका नन्दराजको शरीरले राम्रोसँग काम गर्दैन । 

यस विषयमा समाचार प्रशारण तथा प्रकाशन भएपछी नन्दराजबारे छानबिन गरी राहत स्वरुप १० लाख रकम प्रदान गरिने चिठी प्राप्त भयो । तर, उक्त चिठीअनुसारको रकम भने अझै पाइएको छैनन् ।

नन्दराजलाई गृह मन्त्रालयमार्फत १० लाख रकम उपलब्ध गराउन बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सिफारिस गरेको छ । उक्त चिठी नन्दराजका नाममा गत १३ जेठमा पठाइएको छ । तर, उनले हालसम्म रकम पाउने विषयमा अन्य जानकारी प्राप्त गरेका छैनन् ।  

नन्दराजका छोरासमेत अपांग छन् । छोराको उपचार गर्न र पैसा जुटाउन भारतका विभिन्न ठाउँहरूमा मजदुरी गरे पनि छोराको उपचार सम्भव भइसकेको छैन् । 

उनी भन्छन्, ‘द्वन्द्वकालका धेरै घाइते र बेपत्ता परिवारले सरकारबाट राहत प्राप्त गर्दा मैले केही पाएको छैन । बुबा बेपत्ता भएको २० वर्षपछि बल्ल गत मंसिरमा बेपत्ता परिवारको परिचयपत्र पाएको छु । म जस्ता दर्जनौँ साथीहरूले १० देखि १५ लाख रकम पाएका छन् । तर, मैले केही पाएको छैन । मेरै पार्टीका नेताहरूबाट राहतको आश्वासन पाउँछु । तर राहत पाउँदिन । भारतमा जुठो भाडा माझ्ने काम गर्न गए पनि मेरो घरमा प्रहरी आयो घर आउ भन्ने सन्देश गइरहन्छ ।’ 

उनले दर्जनौँपटक तत्कालीन शान्ति समिति, जिल्ला प्रशासन कार्यालय, मानवअधिकारवादी संस्था सबै ठाउँ धाए पनि केही सहयोग नपाएको गुनासो गरे । 

‘बुबाको मृत्यु भएको जानकारी मात्रै पाए पनि काजकिरिया गर्थे । तर, न सास न लास भनेझैँ केही खबर पाएको छैन,’ नन्दराज भन्छन् । उनका बुबालाई तत्कालीन सरकारी पक्षले मारेको हुनसक्ने उनको आशंका छ । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १० : ५२ बजे

अमेरिकाले चिकित्सा प्रयोगका लागि गाँजाको पहुँचलाई सहज बनायो

वाशिङ्गटन – संयुक्त राज्य अमेरिकाले नागरिकहरूलाई चिकित्सकीय प्रयोजनका लागि गाँजाको

रविलाई रक्षा बमको प्रश्न : भोलि सुकुम्बासी बस्तीमा छाती थाप्न आउनुहुन्छ नि ?

काठमाडौं – जेनजी आन्दोलनकी अगुवा रक्षा बमले राष्ट्रिय स्वतन्त्र पार्टीका

सुकुमवासी बस्ती खाली गराउने तयारीविरुद्ध प्रदर्शन हुँदै

काठमाडौं – भूमिहीन दलित–सुकुमवासी र अव्यवस्थित बसोवासीलाई बस्तीबाट हटाउने सरकारको

२५ जना सहसचिवको सरुवा

काठमाडौँ । सरकारले २५ जना सहसचिवको सरुवा निकालेको छ ।

सञ्जु सैमसनको शतकमा चेन्नईले मुम्बईलाई दियो २०८ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग २०२६ अन्तर्गत ३३औँ खेलमा चेन्नई