जुम्लामा उत्पादन हुने तरकारी संकलन गरिँदै  « Khabarhub

 जुम्लामा उत्पादन हुने तरकारी संकलन गरिँदै 


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्लामा उत्पादन हुने अग्यार्निक तरकारी निर्यातको लागि संकलन गर्न थालीएको छ । स्याउ, ओखर, सिमी, मार्सी धानलगायत कृषि जन्यबस्तु संकलन गरिएको हो ।पछिल्लो समय तरकारीजन्य कृषि बस्तु पनि निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली र गोलभेडा  उत्पादन हुने गरेको छ। 

कृषि संकलन केन्द्रका व्यवस्थापक मानबहादुर बोहराका अनुसार ७ क्विन्टल जुम्ला, १३ क्विन्टल मुगु, ९ क्विन्टल दैलेख, ७ क्विन्टल कालिकोट र ३ क्विन्टल स्थानीय रारालिही बजारमा टमाटर बिक्री गरिएको छ । यस्तै १०५ क्विन्टल स्याउ सुर्खेत र अछाममा क्विन्टल गरी १२ लाख बराबरको कारोबार गरिएको छ ।

आलु खेती उत्पादन घट्दो क्रममा रहेकोले स्थानीय आलुको उत्पादन बढाउनका लागि आईपीएम विधिमार्फत आलुबाली कृषक पाठशाला सञ्चालन गरिएको छ । उन्नत प्रविधि र परम्परागत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुबै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने, ‘पाठशाला पेस नेपालको समर्थनमा निर्माण भएको सुधार सिल कृषक समुहमा १६ हप्ता सम्म सञ्चालन गरिएको हो ।’

पाठशालाको अन्तमा उन्नत प्रविधिबाट ६ क्विन्टल र परम्परागत प्रविधिमार्फत ४ क्विन्टल आलु उत्पादन भएको हो । यो कृषक पाठशाला कनकसुन्दरी गाउँपालिका ७ रोकायावाडामा सञ्चालित  छ । किसानले पाठशालामा रोग किराबाट कसरी जोगाउने भन्ने बारेमा खेतबारीमै नै सिक्न पाएका छन् । स्थानीय जैविक विषादी निर्माण गर्ने र जैविक विषादीबारेमा जानकारी प्राप्त गरेका छन् । पाठशालामा २४ जना समुहका सदस्यको सहभागिता छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : ४२ बजे

‘सरकारमा पुग्दा कम्युनिस्टको शक्ति क्षयीकरण भयो’: एमाले महासचिव पोखरेल

काठमाडौँ – नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालका कम्युनिस्ट विद्रोह

ओलीलाई रावलको प्रश्न- नेतृत्वबारे बहस गर्नेलाई ‘अराजक’ देख्नु कुन सिद्धान्त हो ?

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र नेतृत्व

जाजरकोट पहिरोः एक जनाको मृत्यु, तीन जना बेपत्ता

कर्णाली – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

नेपालमै बन्यो विद्युतीय स्कुटर ‘यात्री पीटू’ : विश्व बजारमा प्रतिस्पर्धा गर्न अर्थमन्त्रीको सुझाव

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमै बनेका विद्युतीय सवारीको

जाजरकोट पहिरो: १० घाइते, तीन जना बेपत्ता

जाजरकोट – अविरल वर्षापछि आएको पहिरोले घर तथा टहरा भत्किँदा