विश्व इतिहासमा आजः सुर्कानोको इन्डोनेसिया स्वतन्त्र भएको घोषणादेखि समलिङ्गी परेडमाथि प्रतिबन्धसम्म « Khabarhub

विश्व इतिहासमा आजः सुर्कानोको इन्डोनेसिया स्वतन्त्र भएको घोषणादेखि समलिङ्गी परेडमाथि प्रतिबन्धसम्म


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज २०७९ साल भदौ १ गते बुधबार । सन् २०२२ को अगस्ट १७ तारिख । आजको दिन इतिहासमा भएका विभिन्न घटनाक्रम मध्ये केही घटनाक्रम यस्ता छन् । 

सन् २०१२ अगस्ट १७ मा रुसको राजधानी मस्कोमा उच्च अदालतले समलिङ्गी परेड समारोहमाथि १०० वर्षको लागि प्रतिबन्ध लगायो । 

सन् २००८ अगस्ट १७ मा बेजिङ ग्रीष्मकालीन ओलम्पिकमा अमेरिकी एथ्लिट माइकल फिलिप्सले आफ्नो आठौँ स्वर्ण पदक जित्न सफल भए । सो पदकसँगै फिलिप्सले एउटै ओलिम्पकमा अत्याधिक स्वर्ण जित्ने अमेरिकी पौडी खेलाडी मार्क स्पिट्जको कृतिमान तोडेका थिए ।

सन् १९९९ अगस्ट १७ मा टर्कीको इज्मिटमा गएको ७.४ म्याग्निच्यूडको भूकम्पमा १७ हजार भन्दा बढि मानिसले ज्यान गुमाए भने ४५ हजार भन्दा बढि घाइते भए । 

सन् १९९८ अगस्ट १७ मा अमेरिकी राष्ट्रपति क्लिन्टनले ह्वाइट हाउसका इन्टर्न मोनिका लेविन्स्कीसँग सम्बन्ध भएको स्वीकार गरेका थिए । 

सन् १९८८ अगस्ट १७ मा पाकिस्तानी राष्ट्रपति जिया–उल–हकको विमान दुर्घटनामा मृत्यु भएको थियो । सो दुर्घटना प्रपञ्च हत्या भएको अनुमान गरिएको थियो ।

सन् १९८७ अगस्ट १७ मा ९३ वर्षीय पूर्व नाजी नेता रुडोल्फ हेज स्पन्दौ कारागारमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।   

सन् १९७८ अगस्ट १७ मा ‘डबल इगल 11 नामक बलुनमा बेन अब्रुजो, मैक्सी एन्डरसन र ल्यारी न्यूम्यान ट्रान्सल्यान्टिक यात्रा पुरा गर्ने पहिलो टोली बने । मेनको प्रिक आइल देखि पेरिसको एक जौ खेतसम्म पुग्न सो टोलीलाई ६ दिन लागेको थियो । 

सन् १९७० अगस्ट १७ मा सोभियत यूनियनले भेनेरा ७ प्रक्षपण गरेको थियो । काजकिस्तानको बैकनुर कस्मड्रोमबाट प्रक्षेपण गरिएको भेनेरा ७ शुक्र ग्रहमा पुगेर पृथ्वी फर्कने पहिलो स्पेसक्राफ्ट बन्यो । सन् १९७० डिसेम्बरमा भेनेरा ७ शुक्र ग्रहको वायुमण्डलभित्र प्रवेश गरेको थियो । 

सन् १९९० अगस्ट १७ मा ग्याबोन फ्रान्सको शासनबाट स्वतन्त्रता पायो । सन् १८८५ मा फ्रान्सले ग्याबोन अतिक्रमण गरेको थियो । सन् १९१० मा ग्याबोनलाई ‘फ्रान्सेली इक्वेटोरियल अफ्रिका’ मा समावेश गरिएको थियो । 

सन् १९४५ अगस्ट १७ मा दोस्रो विश्व युद्धमा जापानको आत्मसमर्पण निश्चित गरेसँगै सुर्कानोले इन्डोनेसिया स्वतन्त्र भएको घोषणा गरेको थियो । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  ११ : ५० बजे

डढुवा रोगले सखाप पार्दै गोलभेँडा, उन्याचौरका किसान चिन्तित 

दोलखा– गोलभेँडामा डढुवा रोगको संक्रमण फैलिएपछि दोलखाको वैतेश्वर गाउँपालिका–४ उन्याचौरका किसान

बाढीपीडितका लागि प्रधानमन्त्री राहत कोषमा जसपाको २१ लाख रुपैयाँ

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा), नेपालले बाढीपीडितको उद्धार, राहत तथा

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य