९ अर्बको हातहतियार नेपाल भित्रियो « Khabarhub

९ अर्बको हातहतियार नेपाल भित्रियो


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा पछिल्लो तीन वर्षमा करिब ९ अर्ब रुपैयाँको विभिन्न हातहतियार भित्रिएको छ । आर्थिक वर्ष २०७६/७७ देखि २०७८/७९ सम्मको तीन वर्षको अवधिमा ती हातहतियार नेपाल भित्रिएका हुन् । 

भन्सार विभागका अनुसार २०७६ साउनदेखि २०७९ असार मसान्तसम्मको अवधिमा विभिन्न देशबाट नेपालले ८ अर्ब ९३ करोड ४३ लाख ९६ हजार रुपैयाँको हातहतियार खरिद गरेको देखिन्छ । गत आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ९८ करोड १७ लाख ७८ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको विभागको तथ्यांकले देखाउँछ । 

आर्थिक वर्ष २०७६/७७ मा २ अर्ब ३७ करोड ३८ लाख २८ हजार रुपैयाँ र २०७७/७८ मा ४ अर्ब ५७ करोड ८७ लाख ९० हजार रुपैयाँको हातहतियार नेपालले आयात गरेको छ ।  गत आर्थिक वर्ष २०७८/७९ मा ५८ करोड ९४ लाख ३४ हजार रुपैयाँको ३६ लाख ७४ हजार ८२ थान बम, ग्रिनेड्स, माइन्स, मिसाइल नेपालले आयात गरेको थियो । आर्टिलरी विपन्स, पेस्तोल, सर्टगन, ग्यास गन लगायतका हातहतियार नेपाल भित्रिएको विभागले जनाएको छ । 

नेपालमा हातहतियारहरू अमेरिका, दक्षिण कोरिया, सुडान, इटाली, भारत, चीन, जर्मनी, फ्रान्स लगायतका देशबाट आउने गरेको छ ।  गत आर्थिक वर्षमा मात्र नेपालले दक्षिण कोरियाबाट १ अर्ब २१ करोड ७० लाख रुपैयाँको विभिन्न हातहतियार आयात गरेको छ । सोही समयमा चीनबाट ५६ करोड ७७ लाख ४९ हजार रुपैयाँ र भारतबाट ८ करोड ९४ लाख ९३ हजार रुपैयाँको हातहतियार नेपाल भित्रिएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा मात्र दक्षिण कोरियाबाट नेपालले ३ अर्ब ९६ करोड ६ लाख ६० हजार रुपैयाँको हातहतियार आयात गरेको विभागको तथ्याङ्कले देखाउँछ । यस्तै, आर्थिक वर्ष २०७६/७७ मा दक्षिण कोरियाबाट नै १ अर्ब ४० करोड ४६ लाख ८० हजार रुपैयाँको विभिन्न हातहतियार नेपालले आयात गरेको थियो । 

पछिल्लो तीन वर्षमा नेपालले सबैभन्दा बढी हातहतियार दक्षिण कोरियाबाट खरिद गरेको देखिन्छ । उक्त अवधिमा नेपालले दक्षिण कोरियाबाट ६ अर्ब ५८ करोड २३ लाख ४० हजार रुपैयाँको हातहतियार आयात गरेको छ । दक्षिण कोरियापछि चीन र भारतबाट नेपालमा ठूलो मात्रामा हातहतियार आउने गरेको छ । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १२ : ०७ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने