छिनछिनमा विद्युत अवरुद्ध, सेवाग्राही मारमा   « Khabarhub

छिनछिनमा विद्युत अवरुद्ध, सेवाग्राही मारमा  


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– विद्युत छिनमा आउने र छिनमै जाने समस्याले खोटाङका सेवाग्राही हैरान भएका छन् । एकैदिन दर्जनौँपटक विद्युत आउने र जाने समस्याले सेवाग्राही मारमा परेका हुन् । झ्याप्प आउने र झ्याप्प जाने जलविद्युतले विद्युतीय उपकरणमा क्षति पुगेको र नियमित काम गर्न नसकिएको सेवाग्राहीको गुनासो छ । दिनमा दर्जनौँपटक विद्युत जाने र आउने समस्याका विषयमा पत्रकारले चासो दिएका छन् । 

मंगलबार नेपाल विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख इन्जिनियर विजयराज रेग्मीलाई भेट गरी पत्रकारको टोलीले विद्युत नियमित गराउन ध्यानाकर्षण गराएका छन् । पत्रकार महासंघ शाखा अध्यक्ष दिलीप खत्री नेतृत्वको पत्रकारको टोलीले छिनछिनमा विद्युत अवरुद्ध हुनुको कारण माग गरेका थिए ।

पत्रकारको टोलीले विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रको सेवा प्रवाहमाथि प्रश्न उठाउँदै चुस्तदुरुस्त सेवा उपलब्ध गराउन रेग्मीको ध्यानाकर्षण गराएका छन् । पटकपटक विद्युत अवरुद्ध हुँदा समाचार सम्प्रेषणमा समस्या भएको पत्रकारहरूले बताएका छन् । 

जिल्लामा आइतबारयता छिनछिनमा बत्ती आउने र जाने समस्या देखिएको छ । हावाहुरीका कारण पोल तथा तार छोएका बाँस तथा रुखको हाँगो पन्छाउने क्रममा पटकपटक लाइन काट्नु परेको विद्युत प्राधिकरण दिक्तेल वितरण केन्द्रका प्रमुख रेग्मीले बताए । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १२ : २३ बजे

जाजरकोट पहिरोः तीन जनाको मृत्यु, दुई बेपत्ता

काठमाडौँ – अविरल वर्षापछि भेरी नगरपालिका–२ जाजरकोट रिसाङमा पहिरोमा परी

इन्डोनेसिया भूकम्प: नेपाल सरकार र नेपाली जनताका तर्फबाट गहिरो सहानुभूति र समवेदना

काठमाडौँ – इन्डोनेसियाको फ्लोरेस द्वीपमा गएको विनाशकारी ७.७ म्याग्निच्युडको भूकम्प

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज (आइतबार) सुनचाँदीको मूल्यमा वृद्धि भएको छ

उत्पादनमुखी वृक्षरोपणले बदलिँदै कैलालीका सामुदायिक वन

धनगढी– कैलालीका सामुदायिक वनमा खाली तथा कम उपयोग भएका भूभागलाई

जाजरकोट पहिरो : मृत्यु हुनेको संख्या दुई पुग्यो, दुई जना अझै बेपत्ता

जाजरकोट – अविरल वर्षाका कारण जाजरकोटको भेरी नगरपालिकाका विभिन्न स्थानमा