भदौभित्र सम्झौताका काम सक्न निर्देशन | Khabarhub Khabarhub

भदौभित्र सम्झौताका काम सक्न निर्देशन


१ भाद्र २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- कर्णाली प्रदेशका दश जिल्लामा जलस्रोत तथा ऊर्जा विकास सम्बन्धी कामहरूको भदौभित्र सम्झौता गरी सक्न जलस्रोत तथा ऊर्जा विकासमन्त्री गणेशप्रसाद सिंहले निर्देशन दिएका दिएका छन् ।

२ साउनमा नै अख्तियारी गइसकेकोले भदौभित्र सम्झौता गरेर कामलाई गति दिनुपर्ने भन्दै मन्त्री सिंहले १० जिल्लाका कार्यालय प्रमुखलाई निर्देशन दिएका हुन् ।

मन्त्रालयले कर्णाली प्रदेशको वार्षिक कार्यक्रम कार्यान्वयनसम्बन्धी छलफलमा बुधबार सुर्खेतमा बोल्दै मन्त्री सिंहले उक्त निर्देशन दिएका हुन् । १० जिल्लाका कार्यालय प्रमुखले जिल्लामा काम गर्दा आइपरेका समस्याका विषयमा समेत मन्त्री सिंह र सचिव देवराज निरौलालाई जानकारी गराएका थिए ।

हिमाली जिल्लामा काम गर्दा सबैभन्दा बढी समस्या भएको उक्त कार्यक्रममा सहभागी खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय हुम्लाका प्रमुख अकल महतले बताए । सामग्रीको मूल्यभन्दा बढी ढुवानी भाडा खर्च हुने गरेको भन्दै उनले दुर्गममा काम गर्न समस्या भएको जानकारी गराएका थिए । सडक सञ्जालसँग नजोडिएको हुम्लामा सबै ठाउँमा स्थल मार्ग हुँदै पैदल हिँडेर काम गर्नुपर्ने र अधिकांश समय हिमपातका कारण तोकिएको समयमा काम पूरा गर्न नसकिने महतले बताए ।

डोल्पाका कार्यालय प्रमुख नवीन थापाले उपल्लो डोल्पामा काम गर्न मुस्किल भएको बताए । शे-फोक्सुण्डो राष्ट्रिय निकुन्जले विकास निर्माणका काम गर्दा बाधा उत्पन्न गर्दा केही समस्या आउने गरेको उनको भनाइ छ । २५ असारमा  २५ गते भुक्तानी दिने सिस्टम बन्द गरिदा भारी मात्रामा काम गरेको रकम उपभोक्तालाई दिन नसकेको भन्दै तत्काल समस्या समाधान गर्न कार्यालय प्रमुखले मन्त्री सिंहलाईलाई जानकारी गराएका थिए ।

सल्यान र जुम्लाबाहेक अन्य ठाउँमा करोडौँ रकम काम गरेको दिन बाँकी रहेको उक्त कार्यक्रममा बताएको छ । अघिल्लो वर्ष जस्तो यो वर्ष साना, टुक्रे योजना नभएका कारण काम गर्न समस्या नहुने भन्दै समयमै सबै काम सक्ने नीति अवलम्वन गर्न योजना महाशाखाका प्रमुख गोपाल शर्माले बताए । मन्त्रालयले यो पटक नयाँ तरिकाले काम गर्न खोजेको भन्दै मन्त्री सिंहले त्यसको हिस्सेदार सबै भएको जानकारी गराए ।

भुक्तानी दिने काम रोकिएको भए पनि अधिकांश जिल्लाको प्रगति विवरण सन्तोषजनक भएको सचिव देवराज निरौलाले बताए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  १ : १८ बजे

कैलाश मानसरोवर गएका यात्रुको मृत्यु

रसुवा – कैलाश मानसरोवरको यात्राका क्रममा एक विदेशी नागरिकको मृत्यु

अर्घाखाँचीमा घर प्लास्टर गर्दा खसेर एक मजदुरको मृत्यु

अर्घाखाँची – अर्घाखाँचीमा घर प्लास्टर गर्ने क्रममा खसेर एक मजदुरको

सर्वोउत्कृष्ट १० कविता पुरस्कारका लागि सिफारिस

काठमाडौं – नेपाल प्रज्ञा प्रतिष्ठानले सर्वोउत्कष्ट १० कविता पुरस्कारका लागि

विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिको सदस्यमा इञ्जिनियर रोहित

तेहरानमा हालसम्मकै शक्तिशाली आक्रमण गरेको इजरायलको दाबी

तेहरान – इजरायलले सोमबार इरानको राजधानी तेहरानमा स्थित इरानी सेनाको